जन्मदिनको अवसरमा स्टेशनरी सामाग्री वितरण

दुर्गा विसी, सल्यान । जन्मदिनको फजुल खर्च कटौती गर्दै अनेरास्ववियुका जिल्ला उप-सचिव कृष्ण विसीले विपन्न विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरेका छन् । विसीले लक्ष्मी प्राथमिक विद्यालय मैदुपोखरीमा अध्ययनरत जेहनदार र विपन्न २० जना विद्यार्थीलाई जन्मदिनको अवसरमा स्टेशनरी सामाग्री वितरण गरेका हुन् ।

विद्यार्थीलाई कापी, कलम, पेन्सिल, कट्टर लगायतका ५ हजार बढी रकमको स्टेशनरी सामान वितरण गरेको विसीले जानकारी दिए ।

नेकपा एमाले निकट अनेरास्ववियु सल्यान जिल्ला उपसचिव तथा एमाले बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ७ का पार्टी वडा कमिटी सचिव विसीले अन्य थप फजुल खर्च कटौती गरी जन्मदिनमा यस्तो कार्य रोजका छन् । सामाग्री हस्तान्तरण गरेकोमा विद्यालयले विसीलाई धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस