सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
विद्यार्थीले शिक्षक माग गर्दै बागचौर नगरपालिकाका काे कार्यालय मा नाराजुलुस गर्दै धर्ना दिन आइ पुगेका छन । सरस्वती माध्यमिक विद्यालय बागचौर नगरपालिका ६ जामुनेचौर , अमरज्योति माध्यामिक बिद्यालय बागचाैर नगरपालिका ३ चौरपानीका र शिशुकल्याण माध्यमिक विद्यालय बागचौर नगरपालिका ११ हारिचारका बिद्यार्थी हरु २-३ घण्टा काे वाटाे हिडेर नगरपालिका अाईपुगेका हुन ।
शिशुकल्याण माध्यमिक विद्यालय बागचौर नगरपालिका ११ हारिचारका बिद्यार्थीहरु वडा कार्यालय मा तालाबन्दी गरि नगरपालिका अाएका हुन ।
आइतबार सरस्वती माध्यमिक विद्यालय बागचौर नगरपालिका ६ जामुनेचौर र सोमबार अमरज्योति माध्यामिक ३ चौरपानी र शिशुकल्याण माध्यमिक विद्यालय ११ हारिचारमा विद्यार्थीले तााला लगाएका थिए। ताल्चा लगाई स्कुल बन्द गर्ने काम बालकन्या मा वि काेटवारा बाट सुरु भएकाे हाे ।
गत साउनमा बागचौर नगरपालिकाले नगर अनुदानमा कार्यरत शिक्षक हटाएर पुनः परीक्षा गराउने निर्णय गरेको थियो। शिक्षकको पहिलो चरणको परीक्षा समेत गराएको थियो। तर अहिलेसम्म पनि विद्याालयमा शिक्षक नआउँदा पढाइ अस्तव्यस्त भएका कारण तालाबन्दी गर्न बाध्य भएको विद्यार्थीको भनाइ छ।
सरस्वती माध्यमिक विद्यालयमा बागचौर नगरपालिकाले ६ जामुनेचौरमा नगर अनुदान र निजी स्रोतका ६ जना, अमरज्योति माध्यमिक विद्यालय बागचौर नगरपालिका ३ चौरपानीमा नेपाली, गणित र सामाजिक बिषयका ३ जना र शिशुकल्याण माध्यमिक विद्यालय बागचौर नगरपालिका ११ हारिचारमा तीन शिक्षक नहुँदा पठनपाठनमा असर पुगेको हो।
यस्तै श्री शहीद भरत स्मृति विद्यालय बागचौर नगरपालिका–५ सिर्पामा पनि शिक्षक अभावमा विद्यालय नै बिदा गरिएको छ।
विद्यालयमा भएका नगर अनुदान र निजी स्रोत शिक्षकलाई नगरपालिकाले हटाएकाे अहिलेसम्म पनि शिक्षक विद्यालयमा नपठाउँदा अधिकांश विद्यालयको पठनपाठनमा असर पुगेको छ।’ शिक्षकको पदपूर्तिबारे चासो नदेखाएको भन्दै विद्यार्थीले अाज देखि नगरपालिकामा धर्ना सुरु गरेका हुन। उनिहरुले पालिका हटाईएका शिक्षक हरुलाई पुन बिद्यालय मा पठाउने लिखित सहमति नभए सम्म यि धर्ना कार्यक्रम जारी रहने र बेवास्ता गरे नगरपालिका तालाबन्दी गर्ने चेतावनी दिएका छन ।
यता नगरपालिकाले शिक्षकको पहिलो पत्रको परीक्षा गराइ सके पनि विभिन्न कारणले दोस्रो पत्रको परीक्षा हुन नसकेको बताएको छ। परीक्षा आइसक्दा पनि शिक्षकलाई विद्यालयमा पठाएर नियमित पठनपाठन गराउन नसक्दा समस्या भएको र त्यसका लागि नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरिरहेको बागचौर नगरपालिका शिक्षा शाखा प्रमुख चित्रा बस्नेतले यस अघि जानकारी गराएकी थिईन। यो समस्याको समाधान केही दिनभित्रै गरिसक्ने उनको भनाइ छ।