सल्यान, १० असोज । सल्यानको लान्तीमा ट्रेक्टर र मोटरसाईकल एक […]
सल्यान जिल्ला बागचौर नगरपालिका वडा न.३ थाराचौर निबासी २६ वर्षिय र्डिल्लीराज डि.सि लाई छातिमा समस्या आई बिपि क्यान्सर मेमोरियल हस्पिटल चितवनमा चेक जाँच गर्दा क्यानसर प्रामाणित भयकाे थियाे ।
उनको आर्थिक अबस्था कम्जोर भएका कारण उपचारमा समस्या अएपछि स्थानिय युवाहरुकाे सकृयतामा “क्यानसर पिडित डिल्ली बचाउ अभियान” सन्चालन भएकाे थियाे ।
उक्त अभियान सञ्चालक हरुले क्यान्सर पिडित बिरामी डिल्लिराज डिसिको नाममा संचालित दुईवटा खातामा रकम जम्मा गर्ने गरि खाता सार्बजनिक गरि अभियानलाई तिब्रता दिएका थिए ।असार २९ गतेसम्म सञ्चालन गरेका मध्ये नेपाल बैंक लिमिटेड बागचौर शाखामा रु २,१४,७३२.८१/-(अक्षरुपी दुई लाख चौध हजार सात सय बत्तिस रुपैया एकासि पैसा)।Global IME बैंक थारमारे शाखामा रु ७,७९,६४८ (अक्षरुपि सात लाख उनासि हजार छ सय अठचालीस रुपैयाँ ) गरि जम्मा रु ९,९४,३८०.८१/- नौ लाख चौरानब्बे हजार तिन सय असी रुपैयाँ एकासि पैसा)सहयोग रकम जम्मा भएकाे अभियान्ता खिमराज डि सि ले बताए ।
उनले आर्थिक रुपले बिपन्न बिरामिको अप्रेसन गरि उपचार गर्न सक्ने अबस्थामा पुगेकाे र आजको मिती देखि क्यान्सर पिडित डिल्ली बचाउ अभियान बन्द गरियको जानकारी गराएका थिए ।
बिरामिलाई अहिले सम्म चारवटा केमो चडायको र अहिले सम्म सम्मको प्रत्येक केमो चडाउदा प्रती केमो ५०,०००(पचास हजार)को दरले हुन आउने रकम २,००,०००( दुई लाख मात्र) चेक, जाच र आवत जावत खर्च गरि अहिले सम्मको जम्मा खर्च करिब २,५०,०००/(अक्षरुपी दुई लाख पचास हजार रुपैया मात्र) खर्च बताएका थिए ।
बिरामी लाई तेस्रो के मो लगाएको १० दिन मा बिरामीलाइ अपरेसन को लागि अस्पताल मा बोलाइएको तर त्यस पटकको CT को रिपोर्ट अनुसार थप ३ वटा केमो लगाए पछि फेरी बिभिन्न रिपोर्टको आधारमा अप्रेसन गर्न मिल्ने या के गर्ने भन्ने कुरा उपचार मा सम्लग्न डाक्टरले बताएका छन
।
बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचार भैराखेको र अप्रेसन गरेर बिरामिको उपचार सम्पन्न भय पश्चात् सबै आय – ब्यय सार्बजनिक गर्ने अभियान्ताले प्रतिबद्धता जानाएका छन साथै यो महा अभियानमा जोडियर विभिन्न माध्यमवाट सहयोग गर्नुहुने सम्पुर्ण काे नाम सार्वजनिक गर्न नसके पनि हार्दिक आभार प्रकट गर्दछौ भनि फेसवुक मार्फत सार्वजनिक गरेका छन
उक्त अभियान्ता टिमले सहयोग गर्ने सवैकाे प्रमाण सहित पहिला नै सबैको नाम सार्बजनिक गरेको थियाे ।साथै यस टिमले गत बर्ष सन्चालन गरेको” क्यान्सर पिडित निर्मला बचाउ अभियान”मा सबैजना बाट ठूलो साथ र सहयोग प्राप्त भै बिरामी निको भै अहिले स्वस्थ अबस्थामा रहेको जानकारि समेत गराएकाे थियाे ।
अभियानमा सहभागी सामाजिक अभियान्ताहरु:
खिमराज डि.सि :9812880251
तारादेब डि सि(USA) :9293100779
खुमराज डि सि : 9829542767
हिमाल भण्डारि : 9843527193
शिबराज के.सि : 9849345952
प्रेम डि सी (USA):8572464510
शोभाराम डि सि : 9806207447
खिमबहादुर डाङ्गी: 986-6829898
ठाकुर डि सि : 9810893012