अनेरास्ववियुको ५९ औं स्थापना दिवसको अवसरमा विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण

०१जेष्ठ २०८०

आफ्नो ५९ औं स्थापना दिवसको अवसरमा अनेरास्ववियु सल्यान ले एक बिधालयका विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गरेकाे छ ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा न. ९ को अम्मर प्रकाश प्राथमिक बिद्यालयका करिब ६० जना विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री वितरण गरेकाे हो ।

कार्यक्रममा सो बिद्यालयका प्रधानाध्यापक बि ब्य स अध्यक्ष, अभिभावक लगाएतको उपस्थिति रहेको थियाे ।

अनेरास्वबियु सल्यानका जिल्ला अध्यक्ष तथा सल्यान बहुमुखि क्याम्पसका स्ववियु अध्यक्ष राजेश वलि काे सकृयता मा उक्त सामग्री वितरण गरिएकाे थियाे ।

उक्त वितरण कार्यक्रममा बाेल्दै अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष तथा सल्यान बहुमुखी क्याम्पस का अध्यक्ष राजेश वलि ले आफ्नो संगठनले बेला बखत यस्ता कार्यक्रम गरिरहेकाे र त्यसकाे निरन्तरता स्थापना दिवस मा दिएकाे  बताए साथै अझै धेरै बिद्यार्थी हरु अभाव मा स्कुल गइरहेको ले  अव  विद्यार्थी हरु लाई राज्यले अभाव मा राख्न नहुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस