सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको आयोजनामा सीप विकास तथा राेजगार सृजना कार्यक्रम अन्तर्गत एक महिने पलम्बिङ तालिमकाे एक कार्यक्रममा बिच समापन भएकाे छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका निमित्त प्रमुख कपिलदेव भण्डारीकाे अध्यक्षता एवम् बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमकाे प्रमुख आतिथ्यतामा तालिमकाे समापन गरिएको हाे । वडा नं. २ मा २०७९ चैत्र ११ गते देखि संचालन भएको तालिममा १८ जना प्रशिक्षार्थीले सहभागीता जनाएको थिए।
तालिममा आधुनिक घर तथा होटलहरुमा पानीको लाईन जडान, ट्वाईलेट, बाथरुममा पानीको लाईन जडान, वास मेसिन राख्ने तरिका र बिभिन्न खानेपानी आयोजनाहरुको धारा जडान तथा मर्मत सम्बन्धि सीप सिकाइएको थियो ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतमले सिकेको सीपलाई प्रयाेग गरि व्यवसायीक रुपमा लाग्न तालिममा सहभागीलाई अनुराेध गरेका थिए । पालिकामा पलम्बिङ सम्बन्धि काम गर्ने जनशक्ति कम रहेकाेमा तालिम बाट जनशक्तिकाे बृद्धि भएको उनकाे भनाइ रहेकाे थियो । याे आधारभूत तालिम मात्र भएकोले आगामी दिनमा नगरपालिकामा थप एडभान्स तालिमकाे आयोजना गर्ने उनले बताएका थिए । अहिले नगरपालिका भित्र विभिन्न वडामा विभिन्न प्रकारका तालिमहरु संचालन भईरहकाे उनकाे भनाइ छ ।
तालिमकाे समापन कार्यक्रममा बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतम, नगर उप-प्रमुख सुम्निमा डि.सी वली, नगर प्रवक्ता दिपेश डि.सी, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका निमित्त प्रमुख कपिलदेव भण्डारी, प्रशिक्षक डम्बर बिष्ट लगायतका अतिथिहरुकाे उपस्थिति रहेको थियो ।
उक्त समापन कार्यक्रमकाे सहजीकरण उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका धुर्व खत्रीले गर्नुभएको थियो ।