सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
सल्यानमा बेेेेहोस अवस्थामा भेटिएका युवकलाइ अस्पतालले मृत घोषणा गरेेेेको छ ।
जिल्लाको बागचौर नगरपालिका ८ कोटमौला घर भइ हाल त्रिबेणी गाउँपालिका ६ लुहाममा बिश्वकर्मा ग्रिल उद्योग संचालन गरी बस्ने २४ बर्षीय दिनेश बि.क बिहिवार करिब ६ बजे तिर खोलाको किनारमा बेहोस अवस्थामा भेटिएका थिए । बि.क लाइ त्यस्तो अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले उनलाई एम्बुलेन्स मार्फत उपचारको लागी जिल्ला अस्पताल सल्यानमा पठाइएको र जिल्ला अस्पताल सल्यानले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भैरेहेको प्रहरी निरीक्षक सन्तोष खनालले बताएका छ्न ।