सल्यान, २३ कार्तिक । युवा सोच र विचारः शारदाको समृद्धिको […]
सल्यानको बागचाैर नगरपालिकाको वडा नम्बर २ को एक घरमा आगलागी हुदा सिरक डसना उद्योगमा पुर्ण रुमपा क्षति पुगेको छ ।
आगलागी करिब साडे १ बजे सुरु भएको हो । आगो बागचाैर बजार तल तिरको घासबाट लाग्दै आएको थियो । र उक्त अागाे स्थानिय ब्यापारी सुरेश वलीको शारदा सिरक डसना उद्योगमा सल्किएपछी उक्त उद्योगमा पुर्ण रुपमा क्षति पुगेको छ ।
उक्त उद्योग बागचाैर नगरपालिका वडा नम्बर २ निवासी डम्बरबहादुर कामीको घरमा रहेकाे छ । घरमा पनि आगाे सल्लकिएकाेले आगाे नियन्त्रणमा लिन कठिनाई भएकाे थियाे ।
अहिले इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरी टाेलि र स्थानियको सकृयतामा आगो नियन्त्रणमा लिएको छ । आगो किन र कसरी लाग्यो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।