सल्यान, २३ कार्तिक । युवा सोच र विचारः शारदाको समृद्धिको […]
सल्यान, प्रेस चाैतारी नेपाल काे २५ अाै स्थापना दिबसकाे अवसरमा सल्यान शाखाले १ मृगौला पिडित लाई अार्थिक सहयाेग गरेकाे छ ।
सल्यान जिल्ला बागचाैर नगरपालिका वडा नं ११ निवासी भगवती पुन काे उपचार काे लागि प्रेस चाैतारी नेपाल काे २५ अाै स्थापना दिबसकाे अवसरमा सल्यान शाखाले रु ५ हजार सहयाेग गरेकाे हाे ।
पुनको पारिवारिक आर्थिक अवस्था कमजोर भएको र उपचारको लागि आर्थिक अभाव भएकोले संगठनको स्थापना दिवसको अवसरमा प्रेस चौतारीमा आवद्ध पत्रकारहरूको तर्फबाट रू. ५ हजार आर्थिक सहयोग गरिएको संगठनले बताएको छ ।
केहि महिना अघि देखि उपचाररत पुन आर्थिक अभावकाे कारण उपचारकाे समस्या भएकाे भन्दै सबैलाई सक्दाे सहयाेग गरिदिन आग्रह गर्दै आएकि छिन । उनि बिभिन्न अस्पतालमा चेक गराउदै गर्दा दुबै मृगौला फेल भएकाे थाहा भएपछि आफ्नाे आर्थिक अवस्था निकै कमजोर भएकाेले आफ्नाे बाच्ने आषा नै हराएकाे बताउछिन् । उनले उपचार गराउदै गर्दा अहिलेसम्म ५ लाख रुपैयाँ भन्दा बढी खर्च भैसकेको र अझै त्याे भन्दा बढि खर्च हुने अस्पताल काे सल्लाह भएकाे बताउछिन् ।
उनले अहिले सबैले सहयाेग काे अभियान चलाएपछि हालसम्म ४ लाख जति सहयाेग उठेकाे र आाफ्नै आामाले मृगौला दान गर्ने भएकाेले नयाँ जिवन पाउने आषा रहेकाे बताएकी छिन ।
पुनको हाल सहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार भइरहेको छ ।