सल्यानकाे बागचाैर मा स्कार्पियाे दुर्घटना चालक सहित ३ जना सामान्य घाईते

पाैष २६, सल्यान ।

सल्यान काे बागचाैर मा लु ३ च ७८४ नम्बरको स्कार्पियाे दुर्घटना भएकाे छ । बेलुकी ६ बजेकाे समयमा उक्त स्कार्पियाे दुर्घटना हुदा चालक सहित तिन जना सामान्य घाईते भएका छन । बागचाैर वाट थारमारे जादै गरेकाे उक्त स्कार्पियाे भित्तामा ठाेकिएर दुर्घटना भएकाे इलाका प्रहरी कार्यालय थारमारे ले जनाएकाे छ ।

उक्त दुर्घटनामा सल्यान बागचाैर न पा वडा नं ४ सिमखाेलि निवासि बर्ष २६ का दिपेन्द्र बस्नेत बागचाैर न पा वडा नं ३ थाराचाैर निवासी बर्ष २४ का प्रेम डाँगि र बा न पा वडा नं ९ कुयापनि निवासी बर्ष २५ प्रभाकर वलि सामान्य घाईते भएका छन । घाईतेहरुकाे जनप्रिय पाेलिक्ल्निक बागचाैरमा उपचार भईरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस