बागचौर नगरपालिकाले योजनाहरु वडामै गई सम्झौता गर्ने

२०७९ पाैष १३

बागचाैर नगरपालिकाका नगर बाट बिनियाेजित याेजना हरु वडामै गएर सम्झौता गर्ने र बैंक खाता खाेल्ने भएकाे छ । नगर प्रमुख जनकराज गाैतमकाे अनुरोधमा बैंक संगकाे सहमति अनुसार यस कार्यकाे थालनी गरिएकाे नगरपालिका ले बताएकाे छ ।

नगरपालिकाले आज वडा नं. १२ मा प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतम, वडा नं. १२ का वडा अध्यक्ष टीकाराम वली, याेजना शाखाका कर्मचारी लगाएत वडाका जनप्रतिनिधि, वडा सचिव र प्राबिधिक कर्मचारी बाट कामको सुरुवात गरिएको हाे । उक्त कार्यक्रममा नगरका सवै वडामा सम्पन्न हुने छ ।

उक्त कार्यमा ग्लोबल आइएमई बैंक लिमिटेड थारमारे बाट कार्मचारीहरु खट्टि साेही स्थानमा बैंक खाता खाेल्ने ब्यवस्था मिलाइएको छ ।

पहिले नगरपालिका सम्म गई याेजनाहरु सम्झौता गर्दा धेरै खर्च हुनेगरेकाे बताउदै वडामै नयाँ याेजना सम्झौता गर्ने र बैंक खाता खाेल्ने सुबिधा प्रदान गरेकाेमा वडावासि हर्षित भएका छन ।

उक्त कार्य काे सुरुवात गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतमले उपभोक्ता समिति, वडा कार्यालयका कर्मचारी, जनप्रतिनिधि र प्राबिधिक कर्मचारी लाई आफ्नो काम कर्तव्यलाई पूरा गर्न निर्देशन समेत दिएका छन ।

प्रतिक्रिया दिनुहोस