सल्यान, ३ माघ । सल्यानका एक युवाले आफ्नो जन्मदिनको अवसरमा […]
सल्यानमा करेन्ट लाग्दा एक पुरुषको मृत्यु भएको छ ।
जिल्लाको शारदा नगरपालिका – १० पैयाखर्कका ५० बर्षिय झुप बहादुर बुढाको करेन्ट लागेर मृत्यु भएको हो ।
सोमबार करिब ५ बजेतिर आफ्नै घरमा रहेको विद्युतबाट चल्ने सानो मिलमा मसला मिस्ने क्रममा एक्कासि विद्युत सट हुन गइ बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
घटनाको बारे जानकारी पाउन साथ खैराबाङ प्रहरी पोस्टबाट प्रहरी हवल्दार हरि प्रसाद गौतमको कमान्डमा २ जना प्रहरी टोलि र जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक गोपाल श्रेष्ठको कमान्डमा SOCO ५ जनाको प्रहरी टोलि घटनास्थल तर्फ खटिएको थियो ।