दमदुवालेवासीले एमालेका उम्मेदवारसंग सडक विस्तार र विद्युतको माग गरे

सल्यान, ३० कार्तिक ।

सल्यान प्रदेशसभा (ख) अन्तर्गत कालिमाटी गाउँपालिका ५ दमदुवालेका स्थानीयहरुले बल्ल बिकासको अनुभुती गर्न थालेको भन्दै अझै धेरै विकासको माग गरेका छन् । बुधबार दमदुवालिमा एमालेको चुनावी भेटघाट कार्यक्रममा स्थानीय हरुले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुसंग विद्युत, सडक विस्तार तथा स्तरोन्नतिको माग गरेका हुन ।

स्थानीय चन्द्र डांगीले एमाले नेतृत्वको सरकारले आफ्नो गाउँ वस्ती सम्म मोटरबाटो, घरघरमा खानेपानी, स्वास्थ्य, शिक्षाको सेवा ल्याइदिएको भन्दै अझै धेरै विकासको आशा व्यक्त गरे । सकभर यहाँ उम्मेद्वार नै आउदैनन, प्रदेश र केन्द्रमा जिताएर पठाएका नेताहरु कहाँ गए कहाँ । अब हामिलाइ एमालेको भर छ, उनले भने ।

सल्यानबाट एमालेका प्रतिनिधिसभा सदस्य उम्मेद्वार राजेन्द्रवीर राय, सल्यान ख बाट प्रदेशसभा उम्मेदवार गुलाबजंग शाहसंग सडकको स्तरोन्नति, बिद्युतको माग स्थानीयले राखेका थिए ।

कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य तथा प्रदेशसभा उम्मेदवार गुलाबजंग शाहले मंशिर ४ को निर्वाचनमा सहि नेतृत्व चयन गर्न सकिएन भने फेरि देश १० बर्ष पछि पर्ने बताए । आफू इमान्दार पुर्वक जनताको पक्षमा उभिएर पारदर्शी विकास गर्ने प्रतिबद्धता जनाए ।

यस्तै प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्रवीर रायले एमालेको जितसंग आम नेपालिको र भावी सन्ततिको उज्ज्वल भविस्य गांसिएको भन्दै सबै मतदाताले सुर्य चिन्हमा मतदान गर्नुपर्ने बताए । यस्तै समानुपातिक उम्मेदवार राधा सुनारले एमालेले सधै देशको हित र परिवर्तनका लागि काम गर्ने बताइन् ।

कार्यक्रमका वक्ताहरुले जन्मिने बित्तिकै बालबालिकालाइ पोषण भत्ता, युवा अवस्थामा स्वरोजगारको व्यवस्था तथा वृद्ध र अशक्त भएमा पनि भत्ताको व्यवस्था नेकपा एमालेले नै गरेको बताएका थिए ।

सो अवसरमा विभिन्न पार्टी परित्याग गरेर २१ जना एमालेमा प्रवेश गरेको एमाले कालिमाटीका अध्यक्ष केशर बुढाले बताए । केही आफन्तको कारण केही समय समाजवादिमा लागेको भन्दै बुधबार एमालेमै फर्किएका दमदुवालिका नन्दराम गाहाले विकास गर्ने र जनताको पक्षमा लाग्ने पार्टी एमाले नै भएको बुझेर आफू पुरानै घरमा फर्किएको बताए । निर्वाचन परिचालन कमिटी वडा नं ५ का संयोजक टेक बहादुर सुवेदिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस