डेढ महिना देखि अबरुद्ध सडक अझै संचालना आएन

३० कार्तिक २०७९

सल्यानको पश्चिम क्षेत्र बनगाड कुपिन्डे नगरपालिका वडा न.७ घाजरी स्थित भाटगारे घाजरी सडक पछिल्लो समयमा परेको अबिरल बर्षाका कारण अबरुद्ध भएकाे थियाे । उक्त सडक स्थानीय तहले चासो नदिपछि अहिले सम्म संचालनमा अाएकाे छैन ।

सडक संचालनमा न आउदा घाजरीबासी किसानहरु महँगो ट्याक्टर भाडा तिरेर धान,पराल घरमा भित्र्याउन बाध्य छन,७ न. वडा अध्यक्ष जीवन सिंह ठकुरीलाई पटक पटक सडक संचालन गरिदिन आग्रह गरे पनि,उक्त कुरा सुनुवाई नभएको स्थानीय बताउँछन् ।

मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभाका निर्वाचन नजिकै आएकोले यति बेला राजनैतिक दलहरु नेता,तथा उम्मेदवारहरु समाज रुपान्तरण र परिवर्तन सहितका लोक प्रीय घोषणा पत्र र एजेन्डा सहित गाउँ गाउँमा कार्यक्रम गरिरहदा उक्त सडकले उनै उम्मेदवार हरुलाई मज्जाले गिजाई रहेको छ । कुरा ठुला गरेपनि वास्तविकता मा जनताको समस्या कसैले नबुझेको स्थानीयकाे भनाइ रहेकाे छ ।

उक्त सडक संचालनमा ल्याईदिन स्थानीय बासिन्दाहरुले छिटोभन्दा छिटो सञ्चालनमा ल्याईदिन स्थानीय निकायलाई आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस