जनपक्षीय कामका कारण एमाले उचाइमा पुगेको हो : पोलिटब्युरो सदस्य शाह

सल्यान, २९ सल्यान ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सल्यान (ख) बाट प्रदेशसभा सदस्यका उम्मेद्वार गुलाबजंग शाहले जनपक्षीय कामका कारण एमाले उचाइमा पुगेको बताएका छन । शारदा नगरपालिकामा जनभेटघाट गर्दै उनले सबल, समृद्ध, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको पूर्वाधारयुक्त सल्यान बनाउनका लागि सुर्य चिन्हमा मतदान गर्न आग्रह गरे । उम्मेद्वार शाह शारदा नगरपालिकाको वडा नम्बर १३ को स्यानिखाल र वडा नम्बर ९ को दोभानमा मतदाता भेटघाट कार्यक्रममा सहभागी भएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज प्रीन्स बस्नेतले जानकारी दिए ।

स्यानिखालमा भएको कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य मनोज कुमार प्रधानले मन्तव्य राख्दै कर्णालीकै सिनियर र विकासका लागि प्रतिबद्ध नेता गुलाबजंग शाहलाइ जिताउनुमा नै सबैको हित हुने बताए ।

स्थानियहरुले खानेपाली, सडक स्तरोन्नति लगायतका कार्य यस अघिका विजयी नेताहरुले गर्न नसकेको भन्दै शाहसंग गाउँका समस्या समाधानको अपेक्षा राखेका थिए । उम्मेद्वार शाहले विकासका लागि इमान्दार पुर्वक आफू लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले भने, ´अरुले कुरा मात्रै गर्छन् । तर मं काम गरेर देखाउंछु । तपाइहरुलाइ मं विश्वास दिलाउंछु, सुर्यमा भोट हालेर विजयी गराउनुस, त्यसपछी नयाँ ढंगले जनपक्षीय विकास तपाइसंगै मिलेर गर्नेछु `।

चुनावी भेटघाट कार्यक्रममा एमाले सल्यानका सचिवालय सदस्य जनक बिक, जिल्ला कमिटी सदस्य जालना भण्डारी, नगर कमिटी अध्यक्ष मधुसुदन शर्मा लगायत्को पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस