लेखपोखरामा एमालेको चुनावी कार्यक्रम, १९ जना एमालेमा प्रवेश

सल्यान, २८ कार्तिक ।

नेकपा एमाले छत्रेश्वरी गाउँपालिका ५ नम्बर वडा कमिटिले सोमबार लेखपोखरामा चुनावी कार्यक्रम सम्पन्न गरेको छ ।
सल्यानबाट एमालेका प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार राजेन्द्रवीर राय र प्रदेशसभा (ख) का उम्मेदवार एमालेका पोलिटब्युरो सदस्य गुलाबजंग शाहले कार्यक्रमलाइ सम्बोधन गर्नुभयो । उहांहरुले जनताको लोकप्रीय पार्टी एमाले र एमालेका उम्मेदवारहरुलाइ सुर्य चिन्हमा मतदान गरि अत्यधिक मतले विजयी गराउन आग्रह गर्दै सल्यानलाइ कस्तो बनाउने भन्ने विषयमा आफुहरुसंग स्पष्ट भिजन रहेको बताउनुभयो ।

वडा नं ५ का निर्वाचन परिचालन कमिटिका संयोजक मोहन केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य पार्टीका जिकस एवम जिफन्ट जिल्ला इन्चार्ज तोपानन्द केसीले राख्नुभएको थियो ।

मन्तव्य राख्दै एमाले सल्यानका संस्थापन नेता डिल्ली ब वली, छत्रेश्वरिका अध्यक्ष ज्ञान बहादुर खड्का लगायतले मंशिर ४ को चुनाव राष्ट्रबादी र राष्ट्रघातीविचको लडाइ भएको बताउनुभएको थियो । कार्यक्रमको संचालन अनेरास्ववियुका केन्द्रिय स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश अध्यक्ष घनश्याम पुनले गर्नुभएको थियो ।

सो अवसरमा विभिन्न पार्टी परित्याग गरि १९ जना एमालेमा प्रवेश गर्नुभएको थियो । कार्यक्रममा जनसांस्कृतिक महासंघका कलाकारहरु लिला कवर र रोमहर्स भण्डारीले सांस्कृतिक प्रस्तुती पनि राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस