सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
कर्णाली र लुम्बिनी प्रदेशको सिमानामा दुई जिल्लाका उम्मेदवारहरुले नागरिकहरुको समस्या संयुक्त रुपले सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सल्यानको त्रीवेणी गाउँपालिका वडा नम्बर १ र दांगको शान्तिनगर गापा वडा नं १ को सिमाना कालापोखरामा एमालेका दुबै जिल्लाका उम्मेदवारहरुले साझेदारी गर्दै सुखी नेपाली र समृद्ध नेपालको आकांक्षा पूरा गर्नेगरी काम गर्ने बताउनुभएको हो । उहांहरुले एमालेको जित सुनिश्चित भैसकेको उद्घोस गर्दै मत सुरक्षित गर्नका लागि सबैलाइ सुर्यमा भोट हाल्न अपिल गर्नुभयो ।
सल्यान ख का उम्मेद्वार नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कर्णाली प्रदेश सह इन्चार्ज गुलाबजंग शाह र दांग ३ (ख) का उम्मेदवार तथा एमाले दांगका अध्यक्ष हुकुम बस्नेतले दुबै क्षेत्रको विकासको लागि संयुक्त रुपमा प्रतिबद्धता जनाउनुभएको हो ।
कार्यक्रममा कर्णाली र लुम्बिनी प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटी तथा स्थानिय पार्टी कमिटी एवम विभिन्न जनवर्गीय संगठनका प्रमुख प्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रमको संचालन एमाले दांगका जिल्ला कमिटी सदस्य विष्णु केसीले गरेका थिए ।