सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
नेकपा एमाले सल्यानले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित कार्यक्रमलाइ तिब्रता दिएको छ । एउटा संघीय र दुइवटा प्रदेश निर्वाचन क्षेत्र रहेको सल्यानमा पार्टी पंक्ति र उम्मेदवारहरु गाउँ गाउँ पुगेर भोट माग्न व्यस्त छन । जस अन्तर्गत एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेशसभाका लागि सल्यान (ख) बाट उम्मेद्वार गुलाबजंग शाहले विहिबार छत्रेश्वरी गाउंपालिकाका विभिन्न वडा र वस्तिमा मतदाताहरुसंग भेटघाट गर्दै सुर्य चिन्हमा मत मागेका छन ।
सो अवसरमा जेष्ठ नागरिकहरुले वृद्धि भत्ता सुरु गर्ने, गाउँ गाउँमा बजेट पठाउने जस्ता महत्वपुर्ण काम गर्ने एमाले पार्टीको गुन आफुहरुले नबिर्सिएको बताएका छन । छत्रेश्वरी ३ का जेष्ठ नागरिक टोपिलाल पुनले उम्मेद्वार शाहलाइ माला लगाइदिएर आशीर्वाद दिंदै भने, एमालेकै कारण हामिले बुढेसकालमा भत्ता पाइरहेका छौँ, गाउँ वस्तिमा बाटो घाटो आएको छ । एमालेको गुन बिर्सेका छैनौं । तर उनले बैंक सम्म पुगेर भत्ता बुझ्न समस्या भोग्नुपरेको भन्दै गाउँमै भत्ता उपलब्ध गराउने व्यवस्था मिलाउन अग्रह गरेका थिए । यस्तै उम्मेद्वार शाहले यसअघि क्षेत्र नम्बर १ बाट सांसद रहदा पनि खेत संरक्षणका लागि तटबन्धको योजना संचालन गरेको भन्दै लैसे वस्तिका मतदाताहरुले एमालेले गरेको विकासको कामलाइ सम्झिएका थिए ।
छत्रेश्वरी गाउँपालिका वडा नम्बर ३ को दारिमज्युला, लैंसे, मिलनचोक, वडा नम्बर ४ को पोखरी डांडा, जयचौरमा चुनावी अभियान अन्तर्गत मतदातासंग भेटघाट कार्यक्रम सम्पन्न भएको अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश अध्यक्ष घनश्याम पुनले जानकारी दिए । कार्यक्रममा उम्मेद्वार तथा पोलिटब्युरो सदस्य शाहले जन अपेक्षा अनुसारका नयाँ नयाँ योजना र कार्यक्रमहरु संचालन गरिने प्रतिबद्धता जनाएका थिए ।
जनभेटघाट कार्यक्रममा एमाले कर्णाली प्रदेश कमिटी सदस्य कुन्ता वस्नेत, जिल्ला कमिटी सदस्य नेव बहादुर खड्का, धर्म बहादुर निक, तुलसा विक, एमाले गापा कमिटि अध्यक्ष ज्ञान ब खड्का लगायत स्थानिय पार्टी कमिटी र विभिन्न जनवर्गिय संगठनका प्रमुख, प्रतिनिधि लगायतकाको सहभागिता थियो ।