अनेरास्ववियु सल्यानले १०जना बिपन्न बिद्यार्थी लाई उच्च शिक्षा सम्म निशुल्क पढाउने

१० कार्तिक २०७९

अनेरास्ववियु सल्यान देउसिभैलाे बाट उठेकाे रकमले सल्यान जिल्ला अन्तर्गत दलित,जेहेन्दार,अल्पसंख्यक मध्येवाट १० जना बिपन्न परिवार का बिद्यार्थी लाई उच्च माध्यमिक शिक्षा सम्म पढाउने भएकाे छ ।

अनेरास्ववियु सल्यान र जन संस्कृतिक महासंघ सल्यान ले सल्यान जिल्ला अन्तर्गत दलित,जेहेन्दार,अल्पसंख्यक मध्येवाट १० जना बिद्यार्थी लाई उच्च शिक्षा सम्म निशुल्क पढाउने उदेश्य लिई देउसिभैलाे सल्यान का विभिन्न स्थानमा खेलेकाे थियाे । उक्त देउसिभैलाे बाट अाफ्नाे उदेश्य पुरा हुन रकम अभाव भएपनि अनेरास्ववियु सल्यान ले अाफ्नाे उदेश्य पुरा गर्ने अनेरास्ववियु सल्यान का अध्यक्ष राजेश वलि ले बताएका छन ।
उनले संस्कृतिकाे जगेर्ना गर्नु काे साथै केहि बालबालिकाकाे भविष्य निर्माण हुने भएकाले उदेश्य लिएर मात्र देउसिभैलाे खेलेकाे बताए ।

प्रतिक्रिया दिनुहोस