नेकपा एमाले कपुरकाेट गाउँपालिका कमिटी बैठक सम्पन्न , १५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

सल्यान ०४ कात्तिक ।

नेकपा एमाले कपुरकाेट गाउँपालिका कमिटीकाे बैठक सम्पन्न भएकाे छ। जसवाट द्रोण के सि काे संयाेजकत्व मा १५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएकाे छ । उक्त बैठकवाट वडा संयाेजक चयन गरि सबै वडाकाे एकैदिन कार्तिक ६ गते बैठक बस्ने निर्णय गरेकाे छ ।

बैठक मा बाेल्दै नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा सल्यान प्रदेश सभा (ख) का उम्मेदवार गुलावजङ्ग शाह ले नेपाल मा गलत किसमकाे राजनीति हाबी भएको बताएका छन् । उनले पछिल्लो समयमा जनमत काे कदर नभई परमादेश काे सरकार भएकाे र केहि पनि नगरेकाे बताएका छन । उनिहरुले जनता माझ अाफ्ना एजेन्डा नभइ गठवन्धन लिइ चुनावमा गएकाे र एमाले सिध्याउन असंवैधानिक गठबन्धन गरेकाे बताएका छन । अव सल्यान काे राजनिती हेर्दा माअाेवादि र नेपालि काँग्रेस काे चापि अरु कसैकाे कब्जामा रहेकाे र उनिहरु लाई पछिपछि लिन खाेजेकाले त्याे सम्भव नभएकाे बताउदै उनिहरुकाे गठबन्धन नेताकाे मात्र भएकाले सल्यानि जनताहरु नेकपा एमाले काे सुखि नेपालि समृद्ध नेपाल निर्माण काे अभियानमा जुट्न अातुर भएकाले सम्पूर्ण एमालेका उम्मेदवार हरुलाई विजयी बनाउने बनाएका छन ।

कपुरकाेट गाउँकमिटी अध्यक्ष द्रोण के सि काे अध्यक्ष्ातामा सुरु भएकाे बैठकमा जिल्ला कमिटी उपाध्यक्ष भिम बहादुर सेन जिल्ला कमिटी सचिवालय सदस्य घनश्याम शर्मा अनेरास्ववियु स्थायी कमिटि सदस्य तथा कर्णाली प्रदेश कमिटी अध्यक्ष घनश्याम पुन युवासंघ केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष रुपक बुढा युवासंघ केन्द्रीय सदस्य प्रीन्स बस्नेत लगायतले समसामयिक बिसयमा प्रष्ट पारेका थिए भने
उक्त बैठक काे सहजिकरण गाउँकमिटी सचिव मित्रलाल कठाएत ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस