सल्यान टुडे डटकमको तेस्रो बार्षिकोत्सव आज

सल्यान, ४ कार्तिक ।

सञ्चालित सल्यान टुडे डटकम चौथोँ बर्षमा प्रवेश गरेको छ । २०७६ साल कार्तिक ४ देखी आफ्नो औपचारिक रुपमा गतिविधि प्रारम्भ गरेको सल्यान टुडेले तेस्रो बर्ष पुरा गरेर चौथोँ बर्षमा प्रवेश गरेको हो । संबिधानमा उल्लेख भएका अधिकारलाई जनतासम्म पु¥याई उनीहरुलाई आफ्ना अधिकारका वारेमा जानकारी गराई अधिकार सम्पन्न गराउने र आवाज विहिन नागरिकहरुका आवाज बोल्ने उद्धेश्यका पानस मिडिया हाउस प्रालिले सल्यान टुडे डटकम सञ्चालन गरेको हो ।
अन्लाईन पत्रिका सल्यान टुडे डटकमले आवाजविहिनका आवाज बोल्नुका साथै नागरिकलाई सुसुचित र खबरदारी गर्ने काम गरिरहेको पानस मिडिया हाउस प्रालिका अध्यक्ष शिब डाँगीले जानकारी दिनुभयो । अहिलेको परिबेशमा नागरिकहरु निरन्तर सुचना प्राप्त गर्न चाहाने र यसका लागी सबैभन्दा छिटो, छरितो र भरपर्दो माध्यम अन्लाईन भएको उहाँको भनाई छ ।
बार्षिक उत्सवको अबशरमा औपचारिक कार्यक्रमको आयोजना नगरिएको सल्यान टुडे डटकमका प्रधानसम्पादक बुद्धि पुनले जानकारी दिनुभयो । उहाँले सल्यान टुडे डटकम परिवारले एक बर्षको अबधिमा गरेका कार्यहरुको समिक्षा सहित आगामी योजनाका बारेमा छलफल गर्ने कार्यक्रमको आयोजना गरिएपनि औपचारिक कार्यक्रम तय नगरिएको जानकारी दिनुभयो ।
सल्यान टुडेले स्थानिय पर्यटन प्रर्वद्धनलाई प्राथामिकतामा राख्दै आर्थिक उपार्जनबाट नै समृद्धि हासिल गर्न सकिन्छ भनेर पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, कला, साहित्य लगाएत बिभिन्न क्षेत्रलाई समेटेर समाचार तथा लेखरचना र फोटोहरु प्रकाशन गर्दै आएको छ । साथै तेस्रो बार्षिकोत्सवको अबशरमा यहाँसम्म आउन सहयोग गर्ने सरोकारवाला सबैप्रति हार्दिक आभार प्रकट गरिएको सल्यान टुडे डटकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस