गठबंधनको नाममा जनता ठकबन्धन हुदैछ, नेता शाह

सल्यान ०२ कात्तिक ।

नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा सल्यान प्रदेश सभा (ख) का उम्मेदवार गुलावजङ्ग शाहले जनहितमा भन्दा पनि कुनै दलिय स्वार्थ को लागि नेपाली राजनीति हाबी भएको बताएका छन् । गठबंधनले जनता को मतको कदर नगरेको बताउदै उनले जनताले आफुले रोजेको दललाई मत दिने पाउने अधिकार हुदा हुँदै पनि केही राजनीतिक दलहरूले गठबन्धन गराएर जबर्जस्त भोट हाल्न लगाएको उनले बताए । छत्रेश्वरी गाउँपालिकामा निर्वाचन परिचालन कमिटीको छलफललाई सम्बोधन गर्दै नेता शाहले गठबन्धन जनाताको ईच्छा बिपरित भएको र जनताले गठबन्धनलाई नरुचाएको बताएका छन् । कम्युनिस्ट पार्टीको सरकार ढालेर काग्रेसको सरकार बनाउनेहरु कम्युनिस्ट हु भन्दै भोट मागिरहेकोले तेसतर्फ सजक हुना सबै सल्यानी जनतालाई उनले आग्रह समेत गरेका छन । उनले नेकपा एमालेलाई गठबन्धनका उम्मेदवारले प्रदेश सभा (ख) मा कुनै प्रभाव नपार्ने बताए । नेकपा एमालेसंग कुनै पार्टीको उम्मेदवारले प्रतिस्पर्धा गर्न नसक्ने नेता शाहले जिकिर गरे । अहिलेका मतदाता सचेत मतदाता भएकोले सहि नेर्तृत्व पनि मतदाताले नै चुन्ने र त्यो नेकपा एमाले भएको बताए उनले दावि समेत गरे ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेश कमिटी सदस्य कुन्ता बस्नेतले गुलाबजङ्ग शाह सल्यान प्रदेश सभा (ख) मा अविभाबकको रूपमा आएको बताइन् । अविभाबकलाई सन्तानले माया गरे झै प्रदेश सभा (ख)का जनताले त्यो माया देखाउने बताईन् । छत्रेश्वरीमा नेकपा एमालेको एकता देखेर गठबन्धन दङ्ग परेको उनको भनाई छ । नेता र जनता मिलेर मात्र बिकासको सम्भावना भएकोले तेसको महत्व बुझ्न दुबैलाई आबश्यकता रहेको बताईन ।
बुधबार भएको निर्वाचन परिचालन कमिटीको बैठकले पार्टी गाउँकमिटी अध्यक्ष ज्ञान बहादुर खड्का संयोजक र धर्मराज बि.क सह संयोजक रहेको ३५१ सदस्यि निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । तेस्तै गाउँपालिका भित्रका ७ वटै वडाको लागि पनि वडा निर्वाचन परिचालन कमिटीका संयोजक तोकिएको छ । जस मध्ये वडा न १ मा कालि बहादुर चन्द, २ मा तेज बहादुर योगी, ३ मा दिपक दाहाल, वडा न ४ मा गिर्दल खत्रि, ५ मा मोहन के.सी, ६ मा कमल के.सी र वडा न ७ मा ऋषिराज बुढाथोकीलाई संयोजक तोकिएको छ ।
बैठकलाई पार्टी गाउँकमिटी अध्यक्ष ज्ञान बहादुर खड्का, जिल्ला कमिटी सदस्य नेब बहादुर खड्का लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको सहजीकरण विद्यार्थी नेता घनश्याम पुन ले गरेका थिए । सोही कार्यक्रममा नेपाली काँग्रस परित्याग गरि चित्र बहादुर पुन लगायतका नेताले नेकपा एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस