सल्यानले कर्णालीको नेतृत्व लिने बेला आयो:- नेता शाह

सल्यान ०१ कात्तिक ।

नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा सल्यान प्रदेश सभा (ख) का उम्मेदवार गुलावजङ्ग शाहले अव कर्णालीको नेतृत्व सल्यानले लिने बेला अाएकाे बताएका छन् । त्रिवेणी गाउँपालिकामा निर्वाचन परिचालन कमिटीको छलफललाई सम्बोधन गर्दै नेता शाहले आसन्न मंसिर ४ गतेको निर्वाचन पछि कर्णालीमा नेकपा एमालेको सरकार बन्ने र त्यसको नेतृत्व सल्यानले लिने बताएका छन् । यो सल्यानी जनताको लागि सुनौलोे अवसर रहेकाे र त्यसको लागि सुर्य चिन्हमा मतदान गर्न सल्यान प्रदेश सभा (ख) का जनतालाई अनुरोध गरेका छन् ।

सोहि कार्यक्रमलाई संबोधन गर्दै नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष भिम बहादुर सेनले सल्यान प्रदेश सभा (ख) मा नेकपा एमाले जित सुनिश्चित रहेको बताएका छन् । स्थानिय तहको निर्वाचनको नतिजालाई हेर्ने हो भने पनि केहि तल माथि भए पनि प्रदेश सभा (ख) मा एमालेको जित निश्चित रहेको बताए । उनले गठबन्धन भन्दा पनी सहि नेतृत्व चुन्न सबैलाई अनुरोध गरे । सहि नेतृत्वको बिकल्प नै नेकपा एमाले हो त्यस भन्दा पनि नेकपा एमाले पाेलिटब्युराे सदस्य तथा जिल्ला ईन्चार्ज गुलावजङ्ग शाह जतिको नेता सल्यान प्रदेश सभा (ख) ले पाउनु सौभाग्य रहेका बताएका छन् ।

मंगलबार त्रिवेणी गाउँपालिकाको लुहाम बजारमा भएको छलफलमा १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी पनि गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस