अनेरास्ववियु सल्यानले कालाेबजारि नियन्त्रण गर्न भन्दै प्रमुख जिल्ला अधिकारी लाई बुझायो ध्यानाकर्षण पत्र

२०७९ असोज ३० गते

अनेरास्ववियु सल्यानले कालाेबजारि नियन्त्रण गर्न भन्दै प्रमुख जिल्ला अधिकारी लाई ध्यानाकर्षण पत्र बुझाएकाे छ । सल्यान जिल्लामा चाडपर्वकाे मौका छोपि बजारमा भईरहेको कालो बजारी, महंगी र भष्टचारको प्रभावकारी अनुगमन गरि नियन्त्रण गर्न आग्रह गरेकाे छ ।

त्यस्तै चाडपर्वको अवसरमा हुने सम्भावित चोरी, डकैति, लुटपाट, बलात्कार, मादक पदार्थ सेवन गरी हुने झै झगडा
रोक्नका लागी प्रहरी प्रशासनको विशेष सक्रियताका साथ परिचालन गरी जिल्ला भित्र एकिकृत सुरक्षा प्राणली अपनाउन , सल्यान हुदै आवत जावत गर्ने लामो र छोटो दुरीका सवारी साधनहरुले अनुचित रुपमा भाडा लिएको पाएकाले अनुगमन, नियमन, नियन्त्रण गरी कार्वाही गर्न, सवारी साधनलाइ सिट क्षमता भन्दा बढी यात्रु बसाल्न नदिन कडाइका साथ चेकजाच गरि अनुगमन नियमन र नियन्त्रण गर्न जोडदार माग गरेकाे छ ।

सल्यान कपुरकोट र कुमाखको सडक दुर्घटना प्रति दुख ब्यक्त गर्दै अनेरास्ववियु जिल्ला अध्यक्ष राजेस वलि ले अवका दिन मा हुने दुर्घटना राेक्न अनेरास्ववियु ले सचेत बनाएकाे जनाएका छन ।

प्रतिक्रिया दिनुहोस