सल्यान, १९ माघ । सल्यानमा नवग्रह बाटिका निर्माण गरिएको छ […]
नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा सल्यान प्रदेश सभा (ख) का उम्मेदवार गुलाव जङ्ग शाहले अघिल्लो निर्वाचनमा आफु प्रदेश सभा (क) मा निर्वाचित भई प्रदेश सभा (क) मा गरेको बिकास क्रमलाई सम्झदै यस पटक समग्र सल्यानलाई एउटा मालामा बाँध्नाको लागि अब आफू प्रदेश सभा (ख) मा निर्वाचन लड्न अाएकाे बताए । सल्यानी जनता नेकपा एमालेको पक्षमा रहेको ले अाफु जनताकाे सेवा मा समर्पित रहेकाे उनले बताए । आसन्न मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि बिभिन्न पार्टीले सत्ता स्वार्थको लागि गरेको गठबन्धन जनताले नरुचाएको बताए । नेकपा एमाले सल्यानले अयोजना गरेको जिल्ला निर्बाचन परिचालन कमिटीको छलफलमा बोल्दै उनले सत्ता स्वार्थको लागि गठबन्धन नाम दिएर राजनितिक दलहरूले जनतालाई ठगी गरेको बताए । कुनै बिचार र राजनीतिक सिद्धान्त नमिल्ने दलहरुले गठबन्धन गरेर जनतालाई झुक्याउन खोजेको उनले बताए । स्वस्थ प्रतिस्पर्धामा जान नसक्ने राजनीतिक दलहरुबाट देश बिकास को कुनै आशा नराख्न सल्यानी जनतालाई उनले अनुरोध समेत गरेका छन् । आसन्न मंसिर ४ गते हुना गईरहेको निर्वाचनमा प्रदेश सभा (ख) का जनताले आफुलाई अमुल्य भोट दिने विस्वास रहेको बताए । उनले कर्णालीको नेतृत्व सल्यानले गर्नु पर्ने बताउदै यस्तो मौका जनताले खेर नफाल्न अनुरोध गरे ।
तेस्तै नेकपा एमाले सल्यानका प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेन्द्र बिर रायले आफु एक पटक नेर्तृत्वमा पुगेर सल्यानी जानताको सेवा गर्ने ईच्छा रहेको बताएका छन् । यो अवसरको लागि पहिले देखि पर्खिएको र अब पुरा हुने दिन आएको बताएका छन् । उनले सल्यानी जनताले आफुलाई विस्वासका साथ नेर्तृत्वमा पुर्याउने आसा राखेको बताए ।
त्यस्तै सल्यान प्रदेश सभा (क) का उम्मेदवार कुल बहादुर गिरीले आफ्नो क्षेत्रको समग्र बिकासका लागि आफु योग्य उम्मेदवार भएको बताएका छन् । कसैले आफूलाई नयाँ भने पनि आफू कम्युनिष्ट आन्दोलनको अगुवा भएको बताए । आफू गाबिस अध्यक्ष हुदा पनि राज्यको कुनै पनि सेवा सुबिधा नलिइ जनताको सेवा गरेको सम्झदै उनले आफू सदैब जनताको सेवामा समर्पित हुने बताए । उनले यसपालिको निर्वाचनमा सहि नेता चुन्नाको लागि आफुलाई जनताले अमुल्य भोट दिने बताए ।
आगामि कार्तिक ५ गते सम्म १० ओटै पालिका स्तरीय बैठक हुने
नेकपा एमाले सल्यानको शनिबार भएको जिल्ला निर्बाचन परिचालन कमिटी बैठकले आगामि कार्तिक ५ गते सम्म १० वटै पालिका स्तरीय बैठक हुने सम्पन्न गर्ने निर्णय भएको जनाएको छ । जस अनुसार प्रदेश सभा (क) मा कात्तिक १ गते सिद्ध कुमाख गाउँपालिका, कात्तिक २ गते बागचौर नगरपालिका, कात्तिक ३ गते दार्मा गाउँ पालिका, कात्तिक ४ गते कुमाख गाउँपालिका, कात्तिक ५ गते बन्गाड कुपिण्डे नगरपालिकामा निर्बाचन परिचालन कमिटी बैठक सम्पन्न गर्ने निर्णय गरेको छ ।
त्यस्तै प्रदेश सभा (ख) अन्तर्गत कार्तिक १ गते त्रिबेणी गाउँपालिका, कात्तिक २ गते छत्रेस्वरी गाउँ पालिका, कात्तिक ३ गते शारदा नगरपालिका, कात्तिक ४ गते कपुरकोट गाउँपालिका र कात्तिक ५ गते कालिमाटी गाउपालिका मा पालिका स्तरिय निर्वाचन परिचालन कमिटी को बैठक बस्ने जनाएको छ ।