सल्यान, भदौ ८ – सल्यानको बाफुखोलाले बगाउँदा एक जनाको मृत्यु […]
मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका लोकतान्त्रिक समाजवादी पार्टीका रनेन्द्र विक्रम केसीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । 
उनले त्यहाँ प्रतिनिधिसभाका लागि नेकपा एमालेकी उम्मेदवार कोमल वलीलाई आफूले सहयोग गर्ने बताएका छन् ।
उनले देशैभर एमालेको चुनावी माहोल र दाङमा कोमल वलीको विशेष माहोल भएका कारण आफू पछाडि हटेको बताएका छन् । 
उनले आफ्ना समर्थकलाई समेत कोमल वलीलाई भोट दिन अनुरोध गरेका छन् ।
यो क्षेत्रमा गठबन्धनबाट नेपाली कांग्रेसले दिपक गिरिलाई उम्मेदवार बनाएको छ ।

