सल्यानबाट बेपत्ता दर्लामी पाँच दिन पछि बर्दियामा मृत फेला

असोज २५, सल्यान ।

सल्यानकाे कालिमाटी गाउँपालिका स्थित जुमखोलाले बगाउँदा बेपत्ता भएका कालिमाटी गाउँपालिका वडा नम्बर ६ का ६५ वर्षीय नर बहादुर दर्लामी पाँच दिन पछि मृत अवस्थामा बर्दियामा फेला परेका हुन् ।

उनकाे शव सोमबार साँझ बर्दिया बासगढी नगरपालिका १ स्थित बबई नदीको बाटुल्यमा फेला परेको कालिमाटी गाउँपालिका ६ का वडाध्यक्ष टेक बहादुर पुलामीले जानकारी दिए ।
१९ गते दशैंको टिकाको दिन आमाको घरबाट टिका लगाएर आफ्नो घर फर्किने क्रममा जुमखोलामा आएको बाढीको दर्लामीलाई बगाएको थियो ।

उनको शव पोस्ट मार्टमका लागि सुर्खेत मेहलकुना अस्पतालमा लगिएको वडाध्यक्ष पुलामीले जानकारी दिए । दर्लामीलाई बगाएकाे जुमखाेला बबई नदिमा मिसिएर सल्यान हुँदै बर्दिया पुग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस