बागचाैरमा लिफ्ट खानेपानी उद्घाटन गर्दै : ज्वाला

१४ भदौ २०७९, मङ्गलबार

भदौ १४, सल्यान । सल्यानको बागचाैर नगरपालिका नम्बर २ मा रहेको बागचाैर लिफ्ट खानेपानी आयोजना उद्घाटन गरिएको छ ।

कर्णाली प्रदेश सरकार र जिल्ला खानेपानी सिचाइ तथा उर्जा विकास कार्यालय सल्यानको आर्थिक सहयोगमा निर्माण गरिएको लिफ्ट खानेपानीको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।

कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री तथा नेकपा एकीकृत समाजवादीका उप-महासचिव प्रकाश ज्वाला र कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका राजनीतिक सल्लाहकार भिमप्रकाश शर्मा, बागचाैर लिफ्ट खानेपानी कार्यसमिति अध्यक्ष ज्ञानेश्वर के.सी. को विशेष पहलमा बागचाैर लिफ्ट खानेपानी आयोजना अगाडि बढेको थियो ।

बागचाैर लिफ्ट खानेपानी आयोजनाका अध्यक्ष ज्ञानेश्वर के.सी.को अध्यक्षता, कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री तथा नेकपा एकीकृत समाजवादीका उप-महासचिव प्रकाश ज्वालाको प्रमुख आतिथ्यता, बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमको विशिष्ट आतिथ्यता, बागचाैर नगरपालिकाका नगर उप-प्रमुख सुम्निमा डि.सी. वलीको आतिथ्यता, जिल्ला खानेपानी कार्यालय सल्यानका प्रमुख पदमराज देवकोटा, विभिन्न वडाका वडा अध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधिहरु उपभोक्ताहरु र पत्रकारहरुको उपस्थितिमा बागचाैर लिफ्ट खानेपानी उद्घाटन गरिएको हो ।

बागचाैर लिफ्ट खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री तथा नेकपा एकीकृत समाजवादीका उप-महासचिव प्रकाश ज्वालाले स्वच्छ खानेपानी खान पाउने जनताको आधारभूत आवश्यकता भएको बताउनुभएको छ । खानेपानीका विषयमा सरकारले ध्यान दिन आवसश्यक रहेको उहाँको भनाइ छ । संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले विकास निर्माणका विषयमा दायित्व बोध गर्दै आ-आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । ‘उपभोक्ताहरुले पनि आफ्नो अधिकारका बारेमा सोच्नुपर्छ तर अधिकार खोज्दै गर्दा निर्माण भएका विकाश निर्माणका कुराहरुलाई संरक्षण समेत गर्नुपर्ने उहाँको भनाइ छ ।’ विकास निर्माणका सवालमा सम्पुर्ण राजनीतिक दल सबै सँग समन्वय गरि अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।

यस्तै लिफ्ट खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले खानेपानीको क्षेत्रमा जति समस्याहरु र चुनाैतीहरु छन् तेति नै अबसरहरु पनि रहेको बताउनुभएको छ । हामि सँग सिमित श्रोत साधन छन् । समस्या र आवश्यक्ताहरु धेरै छन् । अब बागचाैर नगरपालिका भित्र खानेपानीका क्षेत्रका समस्याहरुको पहिचान गरि अगाडि बढ्न प्रतिबद्ध रहेको उहाँको भनाइ छ । हामी यस्तै लिफ्ट खानेपानी अगाडि बनाउन प्रदेश सरकार र संघिय सरकार सँग विशेष पहल गर्ने छाैं उहाँले भन्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै बागचाैर नगरपालिकाका उप-प्रमुख सुम्निमा डि.सी. ले स्वास्थ्य, खानेपानी र भाैतिक पूर्वाधारको हिसाबले बागचाैर नगरपालिका अगाडि बढेको बताउनुभएको छ । विकास निर्माणको सवालमा यो नगरपालिकाले अग्रगामी छलाङ मारेको उहाँको भनाइ छ ।

यस्तै लिफ्ट खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका राजनीतिक सल्लाहकार भिम प्रकाश शर्माले लिफ्ट खानेपानी र लिफ्ट सिचाइ चैत र वैशाखमा पनि चल्न सक्नुपर्ने बताउनुभएको छ । यो खानेपानी आयोजनालाई सफल बनाउन सम्पुर्ण उपभोक्ताहरु संक्रिय हुन आवश्यक रहेको उहाँको भनाइ छ ।

लिफ्ट खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला खानेपानी कार्यालय सल्यानका प्रमुख पदमराज देवकोटाले यो आयोजनाको निर्माण गर्दा कुल ३ करोड १६ लाख बजेट मध्ये रु १ करोड ९० लाख खर्च भएको र जनश्रमदान २० प्रतिशत भएको बताउनुभएको छ । कार्यक्रममा बोल्दै उहाँले १०० घनमिटरको ट्यांकी बागचाैर बजार माथि रहेको, ७० घनमिटरको ट्यांकी बेसमा रहेको र ३० घनमिटरको ट्यांकी जिउँला गाउँ माथि रहेको बताउनुभएको छ ।

लिफ्ट खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै लिफ्ट खानेपानी आयोजनाका अध्यक्ष ज्ञानेश्वर के.सी. ले यस आयोजनाबाट नगर भित्रका बागचाैर बजार, थारमारे बजार, जिउँला र मिलन डाँडाका ४०० घरधुरीले शुद्ध खानेपानी खान पाउने बताउनुभएको छ । यो खानेपानी एक हजार घरधुरीमा बिस्तार गर्ने र उपभोक्ताहरुलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रमुख लक्ष्य रहेको उहाँको भनाइ छ । कार्यक्रममा बोल्दै उँहाले बागचाैर लिफ्ट खानेपानी आयोजनालाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने पहलकर्ता, उपभोक्ताहरु, खानेपानी समितिका सदस्य लगायत सबैलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

बागचाैर नगरपालिका वडा न. २ का वडा सदस्य तथा उपभोक्ता रोजी बुढाथोकीले खानेपानी आएपछि धेरै सहज भएको बताउनुभएको छ । ‘एक गाग्री पानीका लागि धारामा गएर घन्टै लाइन लाग्नुपर्ने बाध्यता अब हट्यो। अहिले घरमै पानी आएपछि समयको बचत पनि भयो, करेसा बारीमा तरकारीका लागि सिचाइ समेत हुनेभएकाले अब धेरै सहज हुनेछ उहाँले भन्नुभयो ।’

बागचाैर लिफ्ट खानेपानी आयोजनाका उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री तथा नेकपा एकिकृत समाजवादी उप-महासचिव प्रकाश ज्वाला, बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतम, बागचाैर नगरपालिकाका नगर उप-प्रमुख सुम्निमा डि.सी. वली, कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका राजनीतिक सल्लाहकार भिम प्रकाश शर्मा, जिल्ला खानेपानी कार्यालय सल्यानका प्रमुख पदमराज देवकोटा, बागचाैर लिफ्ट खानेपानी कार्यसमिति अध्यक्ष ज्ञानेश्वर के.सी, बागचाैर नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु,उपभोक्ताहरु, सुरक्षाकर्मी र पत्रकारको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रमको संचालन बागचाैर लिफ्ट खानेपानी आयोजना सचिव भिम बहादुर भण्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस