बागचौर १० मा नेकपा एमाले काे प्यानल विजयी

०४ ,जेष्ठ २०७९

सल्यानको बागचौर नगरपालिका वडा नं. १० मा नेकपा एमाले विजयी भएको छ ।
वडामा नेकपा एमाले को तर्फबाट अध्यक्षको उम्मेद्धार बनेका ज्ञान प्रशाद शर्मा र उनको प्यानल निर्वाचित भएका हुन । कुल १६सय ४८ मतदाता रहेको यस वडामा ११सय ९९ मत खसेको थियो जसमध्ये शर्माले ३५४ मत प्राप्त गरेर विजयी भएका हुन । उनका प्रतिस्पर्धि नेपाली कांग्रेस बाट वडाध्यक्षको उम्मेदवार बनेका गगन खत्रीले २१९ मत प्राप्त गरेका छन भने नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेद्धार बनेका चित्र बहादुर खड्काले २७८मत प्राप्त गरेका हुन् ।

यस्तै पूर्व वडाध्यक्ष समेत रहेका स्वतन्त्र उम्मेद्वार कृष्णकुमार खड्काले २३८ मत प्राप्त गरेका छन। उनी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तर्फबाट ०७४ को निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस