सल्यानको कालिमाटी गाउँपालिकामा नेकपा एमाले विजयी

३ जेठ २०७९

सल्यानको कालिमाटी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

गाउँपालिका अध्यक्षमा दानबहादुर केसि र उपाध्यक्षमा सहनसिलता ओलि डि सी निर्वाचित भएका हुन ।

केसिले ३ हजार ६२ मत प्राप्त गरेर विजयी भएका हुन । उनका प्रतिस्पर्धि माओबादी केन्द्रका पुरुशोत्तम भट्टराईले २ हजार ३९ मत प्राप्त गरेका छ्न । पालिका अध्यक्षमै नेपाली कांग्रेसका भरत पुनले २ हजार ४० मत प्राप्त गरि तेश्रो बनेका छ्न ।

उपाध्यक्षमा ओलिले २ हजार ९ सय ६७ मत प्राप्त गरि विजयी हुदा एकीकृत समाजबादीका ज्ञान बहादुर खत्रीले २ हजार ४ सय ७५ मत प्राप्त गरे । नेपाली कांग्रेसका कासिमाया राणाले २ हजार ५८ मत प्राप्त गरेकि छ्न ।

पालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचित केसि र ओलि २०७४ मा अध्यक्ष, उपाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस