बागचौर नगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने […]
२७,बैशाख। रोल्पाको गङ्गादेव गाउँपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ता बीच झडप भएको छ ।
गएराति भएको झडपमा कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन् । गङ्गादेव गाउँपालिका–५ का माओवादी केन्द्रका कार्यकर्ता राजेन्द्र परियार, नवराज महर र प्रकाश केसीको समूहले खुकुरी प्रहार गर्दा नेपाल तरूण दलका वडाध्यक्ष मनबहादुर बुढा र कमल बुढा घाइते भएका कांग्रेसले दाबी गरेको छ ।
कमलको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएका मनबहादुरलाई नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।
गएको हप्ता पनि वाईसीएलको आक्रमणबाट रोल्पाको माडी गाउँपालिका–४ का कांग्रेसका वडाध्यक्ष उम्मेदवार निमबहादुर डाँगी घाइते भयका थिए ।
