जन्मदिनको अवसरमा अति विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

२१ चैत २०७८, सोमवार

२१ चैत|आफ्नो जन्मदिनको अवसरमा सल्यानमा एक युवाले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

जिल्लाको बागचौर नगरपालिका वडा नम्बर १० पिपलनेटा घरभई हाल अमेरिकामा रहदै आएका मनमोहन ओलीले वडाका अति विपन्न तथा जेहेन्दार गरि तीस जना विद्यार्थीलाई झोला, कलम, कापी, लगायतक शैक्षिक सामाग्री वितरण गरेका हुन्।

नगरपालिकाको महेन्द्र माध्यमिक विद्यालय पिपलनेटाका १९ जना ,जनता आधारभूत बिद्यालय स्यालागाँउका ६ जना र सितला आधारभूत विद्यालय चयालगाँउका ५जना गरि ३० जना विद्यार्थीले उक्त शैक्षिक सामग्री प्राप्त गरेका हुन्

पश्चिमा संस्कृतिको अनुसरण गर्दै पछिल्लो समय आफ्नो जन्मदिन लगायतका विभिन्न उत्सवहरुमा महँगो तथा फजुल खर्च गर्ने चलन बढिरहेको बेला ओलीले आफ्नो जन्मदिनको अवसरमा चाहना हुँदाहुँदै गरीबी र अन्य समस्याका कारण पढ्ने अवसर नपायका तथा शैक्षिक सामग्रीको जोहो गर्न नसक्नेहरुलाई सहयोग गर्ने बताए।

पढ्ने चाहाना हुँदाहुँदै पनि गरिबीकै कारण कोही व्यक्ति शिक्षाबाट बञ्चित हुन नपरोस् भन्दै आफूले सानो सहयोग गरेको उनको भनाइ रहेको थियो ।
जन्मदिनका अवसरहरुमा अनावश्यक फजुल खर्च गर्नुको सट्टा यसरी गरीब तथा असहाय व्यक्तिलाई सहयोग गर्दा यस्ता बालबालिकाहरु शिक्षाबाट बञ्चित हुनु नपर्ने समेत उनको धारना रहेको थियो

ओलीले गत वर्ष मात्रै  वडाको महेन्द्र माध्यामिक विद्यालयलाई करिब ५० हजार बराबरको इन्टरनेटको व्यवस्था समेत गरिदिएका थिए।  परदेशी भूमिमा आफूले रगत बसिनाबगाइ जम्मा गरेको रकमको केही भाग यसरी सामाजिक कार्यमा खर्च गर्न पाउँदा खुशी समेत व्यक्त गरे।

ओलीहाल अमेरिकामै रहेका कारण उनले गरेको शैक्षिक सामग्रीको वितरण तथा सहजीकरण गुराँस अनलाईनको टिमले गरेको थियो।


प्रतिक्रिया दिनुहोस