सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
३० चैत्र, सल्यान । बागचौर नगरपालिका नगर सडकहरूमा कार्यरत सडक मर्मत समूह (पिटौली)हरुलाई औजार तथा सुरक्षा सामाग्री वितरण गरिएको छ ।
ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरण (RAP3) सल्यानले औजार तथा सुरक्षा सामाग्री प्रदान गरी नगर सडकहरूमा काम गर्ने सडक मर्मत समूहहरूलाई उक्त औजार तथा सुरक्षा सामाग्री वितरण गरिशएकाे छ । ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरण (RAP3) तर्फबाट सिनियर इन्जिनियर बालकृष्ण दाहाल र इन्जिनियर सन्त बहादुर सार्कीको उपस्थितिमा वितरण गरिएको छ ।
ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरण (RAP3) तर्फबाट देहाय बमोजिमको सामाग्रीहरू वितरण गरिएको छ ।
नगरपालिका सँग रहेको सीमित बजेटमा सक्ने जति ठाउँमा सहकार्य गरेर अधिकतम सुविधा जनतालाई दिने उद्देश्य रहेकाे नगर प्रमुख बुढाथोकीले बताएका छन् । यस्तै सोच अनुसार नै आइसोलेसन केन्द्र, आँखा तथा कान उपचार केन्द्र देखि लिएर विभिन्न काम गर्न सफल भएकाे पनि बताएका छन् ।