सामाजिक सुरक्षाकाे प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई कार्यक्रम पिपलनेटामा सम्पन्न

२०७८ चैत्र १३, आईतबार

१३ चैत्र, सल्यान । बागरचौर नगरपालिका वडा १० काे स्वास्थ्य चाैकिकाे प्राङ्गणमा सञ्चालन गरिएकाे सामाजिक सुरक्षाकाे प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएकाे छ ।

बागचौर नगरपालिका वडा न १० का वडा सदस्य बृन्दा गिरिकाे अध्यतामा सञ्चालन भएकाे कार्यक्रममा प्रमुख अतिथि बागचौर गरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर हमाल, वडा अध्यक्ष कृष्ण कुमार खड्का, वडा सदस्य, ग्लोबल आईएमई बैक थारमारेका प्रबन्धक अनिल चाैधरी, सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख धनेश्वर खड्का, १० नम्बरका वडा सचिव मुना खड्का साथै स्थानीय पञ्जिकाधिकारी शिवराज डाँगि काे उपस्थिति रहेकाे थियाे भने कार्यक्रम सञ्चालन सिविस नेपालका बागचौर नगरपालिका सामाजिक परिचालक चुडामणि वलिले गरेका थिए ।

सामाजिक सुरक्षाकाे प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा जेष्ठ नागरिक, जेष्ठ नागरिक दलित, जेष्ठ नागरिक एकल महिला, विधवा, पुर्ण अपांग, अति अशक्त अपांग, दलित बालबालिकाका आमा बाबू सँगै क्षेत्र ताेकिएका बालबालिकाका आमा बाबुकाे पनि बाक्लाे सहभागी भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दा भाेगेका समस्या र वितरण प्रक्रिया बारे प्रश्न उठाएका थिए । उक्त कार्यक्रमकाे बक्ताकाे रूपमा रहेका वडा अध्यक्ष कृष्ण कुमार खड्का, ग्लोबल आईएमई बैक थारमारेका प्रबन्धक अनिल चाैधरी, सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख धनेश्वर खड्का, १० नम्बरका वडा सचिव मुना खड्काले तहा उठेका प्रश्न र समस्याकाे समाधान गर्नुकाे साथै सबैलाई सामाजिक सुरक्षा वितरणमा प्रक्रियामा सहयाेग गर्न अपिल समेत गरेका छन्।

सामाजिक सुरक्षाकाे प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई कार्यक्रमकाे बारेमा आफ्नो भनाइ राख्दै सभा अध्यक्ष बृन्दा गिरिले आगामि दिनमा अझ यसलाई पारदर्शी बनाई वितरण कार्यलाई सरल तरिकाले लैजानुपर्नेमा जाेड दिदै कार्यक्रमकाे समापन गरेकि थिईन ।

 

प्रतिक्रिया दिनुहोस