सल्यानकाे निजि विद्यालयका शिक्षक विद्यार्थीहरुले गरे स्थानीय बजारकाे सरसफाइ

चैत्र १, सल्यान

सल्यानकाे जिल्लाकाे बागचाैर नगरपालिका २ मा रहेकाे सभ्यता एकेडेमी का शिक्षक विद्यार्थीहरुले थारमारे बजारकाे सरसफाइ गरेका छन । बागचौर नगर पालिका को सबैभन्दा ठुलाे व्यापारिक तथा शैक्षिककेन्द्र थारमारे बजारमा सरकारी जनकल्याण माध्यमिक बिधालय काे ५० प्रतिशात भु-भाग रहेकाे छ ।

विद्यार्थीहरूमा किताबी ज्ञान मात्र नभएर संस्कारी , स्वाभिमानी , आफू र आफू बस्ने क्षेत्र वरपर सफा राख्नुपर्छ भन्ने भावनाको विकास गर्न र समाजप्रतिको उत्तरदायित्व बोधको विकास गराउने मुख्य उद्देश्यका साथ यो अभियान सञ्चालन गरिएको उक्त विध्यालय का सञ्चालक तथा प्रिन्सिपल भरतकुमार बस्नेतले बताए ।
सरसफाइ कार्यक्रमलाई स्थानीय बजारबासी, व्यापारी हरुले सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन भने चर्काे भाडा लिएर पनि सरकारी बिध्यालयले ब्यवास्था गरेकाे बताएका छन ।

उक्त एकेडेमी का शिक्षक तथा विद्यार्थीहरुले सरसफाइ अभियान समापन पछि आफुलाई खुशी महशुस भएको र आफ्नो घर वरपर राख्नुपर्छ भन्ने बोध अझ गहिरो रूपमा भएको, यस अभियानले उत्साह थपेको र थप जिम्मेवारी थपिएको जानकारी गराएका थिए ।

भने विद्यालयका प्रिन्सिपल भरत कुमार बस्नेत काे नेतृत्वमा सरसफाइ अभियान सञ्चालन गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस