काठमाडौं । नेपालको सबैभन्दा पवित्र धार्मिक तीर्थस्थल मानिने पशुपतिनाथ क्षेत्रलाई […]
फाल्गुन २९, सल्यान । सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन प्रणाली सवलिकरण परियाेजनाकाे संक्षिप्त जानकारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम शनिबार बागचाैरकाे शारदा टप हाेटलकाे सभाहलमा आयाेजना गरिएको थियाे।
उक्त कार्यक्रम नगर प्रमुख लाेकमान बुढाथोकीकाे अध्यक्षतामा सञ्चालन गरिएकाे थियाे भने प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल, बागचाैर नगरपालिका अन्तगर्तका ८ वटा वडाका वडाअध्यक्ष, सूचना अधिकृत विभिन्न शाखाका शाखाप्रमुख, एम.आई.एस टिम, सिविस प्रतिनिधि, सेभ द चिल्ड्रेनका प्रतिनिधि र वडा सचिवहरूकाे उपस्थित रहेकाे थियाे ।
नेपाल सरकार राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागकाे समन्वय, युनिसेफ र सेफ द चिल्ड्रेनकाे आर्थिक सहयाेग र सामाजसेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) काठमाडौंकाे व्यवस्थापनमा सञ्चालित कार्यक्रम बारे प्रस्तुति सिविस परियाेजना काेर्डिनेटर उमङ्ग मैनालीले गरेका थिए ।
कार्यक्रमकाे बारे संक्षिप्त जानकारी दिदै मैनालिले परियाेजनाकाे महत्त्व, उदेश्य साथै यसकाे काम कर्तव्य र उपलब्धि बारे पनि जानकारी गराएका छन् । साे परियाेजना मार्फत बागचौर नगरपालिकाका विभिन्न वडाकाे कम्युटर, पिन्टर र ईन्टरनेटकाे गुणस्तर बढाउनुकाे साथै वडाका कर्मचारीहरू लाई मध्यनजर गरेर क्षमता अभिवृद्धि गर्ने बताएका छन् ।
कार्यक्रमकाे समापन गर्दै नगर प्रमुख लाेकमान कुढाथाेकिले बागचाैर नगरपालिकाकाे सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा (MIS TEAM) ले सल्यानका अन्य पालिकाकाे तुलनामा उत्साहाजनक कार्य गरेकाे बताएका छन् । त्यस्तै व्यक्तिगत घटना दर्ता संशोधनकाे सवालमा उठेका प्रश्न बारे पनि ऐन र निमावली लाई टेकेर मात्र काम गर्न पनि सल्लाह सुझाव दिएका छन् ।
