सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
१९ फाल्गुन, काठमाडौं । रुसले युक्रेन माथि हमला गरे पछि अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ तेलको मूल्यले नयाँ रेकर्ड बनाएसँगै त्यसको असर नेपालमा पनि परेको छ।
नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर ५/५ रुपैयाँ मूल्यवृद्धि गरेको छ । निगमका अनुसार शनिबार राति १२ बजेपछि लागू हुनेछ ।
नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १ सय ५० रुपैयाँ र डिजेलको मूल्य १ सय ३३ रुपैयाँ कायम भएको छ । डिजेलको मूल्यसँग एकरुपता कायम गर्न मट्टितेलको मूल्य डिजेलकै बराबर राख्ने गरिएको छ । उता आन्तरिक उडानमा प्रयोग हुने हवाइ इन्धन एकैपटक २० रुपैयाँले बढाएर १ सय ३६ रुपैयाँ पुर्याइएको छ । अन्तर्राष्ट्रिय हवाइ उडानमा खपत हुने हवाइ इन्धनको मूल्य प्रति किलोलिटर २ सय अमेरिकी डलरले बढाएर १ हजार २ सय ५० अमेरिकी डलर पुर्याइएको छ ।