यसकारण तोडे डाँगीले एमाले संगको ३१ बर्षको नाता

२०७८ फाल्गुन १२ गते बिहिवार

१२ फागुन|नेकपा एमाले सल्यानका पूर्वअध्यक्ष समेत रहेका लोक बहादुर डाँगी ३१ वर्षको लामो बसाईलाई अन्त्य गर्दै फागुन १० गते माधवकुमार नेपाल पक्षधर एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । गत मंगलबार सल्यानको खलंगामा भएको एक कार्यक्रममा एमालेका उपमहासचिव प्रकाश ज्वाला र केन्द्रिय सदस्य उदय बहादुर बोहरा लगायतले उनलाई पार्टीमा प्रवेश गराएका हुन्

२०४७ साल फागुन १० गते नेकपा एमाले सल्यानको साधारण सदस्यता प्राप्त गरी सक्रिय राजनीति सुरु गरेका उनी २०६६ सालमा नेकपा एमाले सल्यानका जिल्ला अध्यक्ष समेत बनेका हुन।

पार्टी भित्र आधारभुत बर्ग भित्र पर्ने तमाम कार्यकर्ताहरु बाट प्रसस्त माया र बिस्वास प्राप्त गरेपनि सो–इच्छाचारी, निरङ्कुस तानाशाही प्रब्रीतिको नेत्रीत्वबाट बारम्बार गरिएको अपमान,उपेक्षा र बेवास्था स्विकार्य हुन नसकेका कारण आफु ३१ बर्सको लगानिलाइ छोडेर बाहिरिनु परेको उनको भनाई रहेको थियो ।

जुन नेतृत्व सामन्ती ,दलाल अनि पुजिपती बर्गको घेरामा रहेको छ त्यसबाट सर्बहारा बर्गको संरक्षन र ब्यबस्थापन हुने सम्भाबन नरेकाले र आफ्नो स्वभावले जिबनमा कसैको गुलामी गर्न नसक्ने र कसैको दासत्व पनि स्विकार गर्न नसकेकै कारण यो निर्णयमा पुगेको उनले बताए ।

केहि एमालेका नेता तथा कार्यकर्ताले सामान्य भोटर पछाडी लगाएर हिड्यो भनेर गरेको कमेन्ट देख्दा आफुलाई आस्चार्य लागेको बताउदै उनले पार्टि भित्रको अन्तरद्धन्द लाई चिरफार गरि नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजबादि)मा समाहित हुनै लाग्दा आफुससंगै सहयात्रा गर्न करिब ५०० भन्दा बढि नेता कार्यकर्ता तथा सर्मथक भयपनि भौतिक रुपमा उपस्थित भयका बाहेक बाकी कसैको नाम सार्बजानिक नगरेको समेत उनको भनाई रहेको  छ।

आफ्नो फेशबुक एकाउन्टमा लामो स्टाटस लेख्दै  उनले ब्यक्तिगत रुपमा कोहि कसैको टीका टिप्पनी गरेर समय खर्चिनु भन्दा राजनैतिक आचरनका साथ शैद्धान्तिक बैचारिक बिसयबस्तु प्राथामिकतामा रहनुका साथै आगामी दिन देखि सुविधा जनक ठाउँ अनि  उच्च ओहदाका पदहरु आफ्नो मुख्य प्राथमिक्तामा नरहने भन्दै सर्बहारा श्रमजिब बर्गको पक्षमा ,रास्ट्र र रास्ट्रीयताको पक्षमा दृढता पुर्बक उभिरहनु आफ्नो प्रमुख कर्तब्य हुने उनले बताए ।

ब्यक्तिगत रुपमा कोहि कसैको टीका टिप्पनी गरेर समय खर्चिनु भन्दा राजनैतिक आचरनका साथ शैद्धान्तिक बैचारिक बिसयबस्तु प्राथामिकतामा रहनुका साथै आगामी दिन देखि सुविधा जनक ठाउँ अनि  उच्च ओहदाका पदहरु आफ्नो मुख्य प्राथमिक्तामा नरहने भन्दै सर्बहारा श्रमजिब बर्गको पक्षमा ,रास्ट्र र रास्ट्रीयताको पक्षमा दृढता पुर्बक उभिरहनु आफ्नो प्रमुख कर्तब्य हुने छ ।


प्रतिक्रिया दिनुहोस