एन आईसी एसिया लघुवित्तिय संस्था बागचौर शाखाद्वारा विपन्न परिवारलाई ब्लाङ्केट वितरण

माघ २३, सल्यान ।

एन आईसी एसिया लघुवित्तिय संस्था लिमिटेडको बागचौर शाखाले जाडोबाट प्रभावित विपन्न परिवारलाई न्यानो ब्लाङ्केट वितरण गरेको छ ।

बागचौरमा रहेको बित्तिय संस्था लिमिटेडले आइतबार एक कार्यक्रम आयोजना गरेर जिल्लाको बागचौर , दार्माकोट, र कुमाख गाउँपालिकाका करिब ३० घर बिपन्न घर परिवारलाई ब्लाङ्केट वितरण गरेको हो ।

ब्लाङ्केट वितरणका लागि विपन्न परिवार छनोट गर्न वडाहरुसँग समन्वय गरिएको र लघुवित्तमा आवद्ध भएका गरिब परिवारहरु छनोट गरि ३० घरपरिवारलाई ब्लाङ्केट वितरण गरिएको संस्थाका बागचौर शाखा प्रमुख निर्मल भण्डारीले बताए । सातै अन्य वर्षहरुमा पनि यस्ता कार्यक्रम क्रमागत रुपमा गर्ने उनले बताए ।

ब्लाङ्केट वितरण कार्यक्रमका प्रमुख अतिथि बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले बित्तीय काम संगै सामाजिक काममा जुटेको एन आईसि यसिया बित्तिय संस्थाबाट अरुले पनि सिको गर्दै जानुपर्ने बताए।

कार्यक्रममा बागचौर नगरपालिका वडा नं.२ का वडाध्यक्ष टोप बहादुर डाँगी, वडा नं. ३ का वडाध्यक्ष टिकाराम के.सी., ईलाका प्रहरी कार्यालय थारमारेका शेर ब. चन्द, प्रहरी विट बागचौरका धनराज बस्नेत लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश परिषद सदस्य प्रकाश भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस