प्रतिनिधि छनाैटकाे लागि एकै साथ सल्यानका १० स्थानीय तहकाे बैठक पुस १४ गते बस्दै

२०७८ पुस १३

सल्यान , नेकपा एमालेले पुस २३ गते देश भर अधिबेशन गर्ने केन्द्रीय कार्यक्रम अनुसार सल्यान जिल्लामा पनि अधिबेशनकाे तयारि सुरु भएको छ ।

अधिबेशनमा सहभागी हुने प्रतिनिधि छनाैटकाे लागि एकै साथ १० स्थानीय तहकाे बैठक पुस १४ गते बस्दै छ ।
जस अनुसार शारदा नगरकमिटीकाे शारदा न पा १,काे हाेटल प्याराडाईज, बागचाैर नगरपालिकाे शारादा टप हाेटेल बागचाैर, बनगाड कुपिण्डे नगरपालिका सल्लिबजार , दार्मा फारुला, कुमाख रागेचाैर ,सिद्ध कुमाख ढाेरचाैर , त्रिबेणी लुहाम , कपुरकाेट सगरमाथा हाेटल कपुरकाेट, छत्रेश्वरी भाेटेचाैर र कालिमाटी काे पुतलि बजारमा बैठक बस्ने प्रचार प्रसार उपसमिति
उप समिति संयाेजक दिपेन्द्र प्रकाश डि.सी. जनाएका छन् ।

बैठकले प्रतिनिधि छनाैटकाे प्रकृया अगाडि बडाउने छ । पार्टीको बिधान अनुसार प्रतिनिधि छनाैट गरेर पुस १७ गते भित्र जिल्ला पार्टीकार्यालयमा प्रतिनिधिकाे बिवरण पेश गरि सक्नु पर्नेछ भने १० जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छनाेट हुनेछ जस्मा ३३% प्रतिशत महिला अनिवार्य हुनुपर्ने दलित तथा जनजातिकाे हकमा सम्बन्धित पालिकाले निर्णय गर्ने गरि प्रतिनिधि छनाैट हुने प्रचार प्रसार समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस