सल्यानको शारदा नगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना […]
सल्यान, निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) सल्यानको चौथो जिल्ला अधिवेशन बागचौरमा सम्पन्न भएको छ ।
देशभर एकैसाथ अधिवेसन सम्पन्न गर्ने प्याब्सन काे कार्यतालिका अनुसार सल्यानमा जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएकाे हाे ।
अधिवेशनबाट मेजर ५ का पदाधिकारीहरु पुरानै दाेहाेरिएका छन भने नयाँ सदस्यहरु थप भएका छन ।
जसमा अध्यक्ष जित बहादुर भण्डारी, उपाध्यक्ष भरत कुमार बस्नेत , सचीव खिमराज डि.सी., कोषाध्यक्ष कमल वली , सदस्यहरु अमर बहादुर के.सी., धनसिह गोसाई , हिमाल भण्डारी , प्रदिप घर्ती र बेल बहादुर डाँगी रहेका छन ।
कार्यक्रममा सभाध्यक्ष जिल्ला प्याब्सन सल्यानका अध्यक्ष जित ब.भण्डारी , प्रमुख अतिथि बागचौर नगरपालिकाका नगर प्रमुख एवम् शिक्षा समिति अध्यक्ष लोकमान बुढाथोकी, विशिष्ट अतिथि प्याब्सन केन्द्रीय सदस्य महेश देवकोटा, बागचौर नगर शिक्षा शाखा प्रमुख टेक ब.डि.सी., विशेष अतिथि प्याब्सन कर्णाली प्रदेश उपाध्यक्ष दिपेन्द्र बिष्ट, लगायत अन्य अतिथिहरु काे उपस्थिति रहेकाे थियाे भने कार्यक्रमकाे सञ्चालन प्याब्सन सल्यानका सचिव खिमराज डि सि ले गरेका थिए ।
