एमाले कपुरकोट ६ को पहिलो बैठक सम्पन्न

एमाले कपुरकोट ६ को पहिलो बैठक सम्पन्न

सल्यान, २८ मंशिर ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कपुरकोट गाउँपालिका वडा नम्बर ६ को पहिलो बैठक सम्पन्न भएको छ । बैठकले पार्टीको वडा कार्यालय स्थापना गर्ने तथा टोल कमिटी निर्माण कार्यक्रमलाई अगाडी बढाउने निर्णय गरेको वडा कमिटी अध्यक्ष पूर्ण सिंह वोहोराले जानकारि दिए ।
सो अवसरमा माओवादी केन्द्र परितयाग गरी दिलिपसिंह बुढाथोकी र एकिकृत समाजवादी परित्याग गरेर डोट बहादुर सार्की एमालेमा प्रवेश गरेको पनि अध्यक्ष वोहोराले जनाए ।
बैठकमा मन्तव्य राख्दै एमाले सल्लाहकार कमटी सदस्य पदम खड्का, उदिराम रोका, रुपलाल बुढाथोकी लगाएतले विकास र समृद्धिको लागि एमालेलाई बलियो बनाउन आवश्यक रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस