सल्यानमा पहिलो दिनमै ३११ जनाकाे मतदाता नामावली संकलन

२०७८, मंसिर १७, शुक्रबार

सल्यान, १७-मंसिर ।
आज देखि सल्यानका ५ वटा स्थानीय तहमा फाेटाे सहितकाे नामावली संकलन गर्न थालिएको हाे ।

जसमध्ये स्थानीय तहरूहरू कपुरकाेट गाउपालिका, छत्रेश्वरी गाउपालिका, दार्मा गाउपालिका, बागचौर नगरपालिका र बन्गाडकुपिण्डे नगरपालिकामा आज एकै साथ फाेटाे सहितमाे मतदाता नामावली संकलन गर्न लागिएको हाे । साथै जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय बाट पनि संकलन कार्य जारी नै रहेकाे छ ।

पहिलाे दिन अर्थात मंसिर १७ गते मात्र सल्यानका ५ स्थानीय तह र जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय बाट महिला र पुरूष दुवै गरि कुल जम्मा ३११ जनाकाे फाेटाे सहितमाे मतदाता नामावली संकलन गरेकाे जिल्ला निर्वाचन कार्यालय सल्यानले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस