बागचाैर नगरपालिकाका कुन वडाकाे कहिले हुँदै छ फाेटो सहितकाे मतदाता नामावली संकलन

२०७८ मंसिर १६, बिहीबार

बागचौर, १६-मंसिर ।
भाेली अर्थात मंसिर १७ गते देखि २६ गते सम्म सल्यानका सबै स्थानीय तहमा फाेटाे सहितमाे मतदाता नामावली संकलन गरिने भएको छ ।

बागचौर नगरपालिकाका नगर प्रमुख लाेकमान बुढाथोकीकाे संयाेजकत्वमा नगर प्रमुख लाेकमान बुढाथोकीकाे कक्षमा बसेकाे बैठकले विभिन्न निर्णय गरेकाे बागचौर नगरपालिकाले जनाएको छ । साथै उक्त बैठकमा उपप्रमुख कल्पना पुन, प्रमुख प्रशासकिय अधिकृत रामबहादुर हमाल, सम्पूर्ण वडाका वडा अध्यक्ष, ई.प्र.का. थारमारेका प्रमुख, ईलाका प्रशासन प्रमुख, संघसस्था प्रतिनिधि, नगरकार्यपालिकामा कार्यरत विभिन्न शाखाका कर्मचारी, पार्टी प्रतिनिधि लगाएतकाे उपस्थिति रहेकाे जनाएको छ।

यसै क्रममा बागचाैर नगरपालिका भित्र रहेका सम्पूर्ण वडाका नयाँ, नाम छुटेका वा विभिन्न कारणले यस अघि मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेका बागचौर बासी लाई भाेलि देखि हुने फाेटाे सहितकाे मतदाता नामावली संकलन कार्यमा सहभागी हुन अनुराेध गरेकाे बागचौर नगरपालिकाले जनाएको छ।

सहभागीले आफ्नाे नाम दर्ताकाे लागि सक्कल नागरिकता, यदि बसाइँसराइ हाे, भने बसाइँसराइ सक्कल प्रमाण-पत्र र विवहा भई आएकाे भए सक्कल विवहा दर्ता पनि साथमा लिएर आउनु पर्ने बागचौर नगरपालिका निर्वाचन सम्पर्क व्यक्ति टेक बहादुर डि सी ले बताएका छन् ।

बागचौर नगरपालिकाकाे कार्यालयका अनुसार मंसिर १७ गते वडा नं. ४ र ५ वडा, मंसिर १८ गते वडा नं. ११ र १२ वडा, मंसिर १९ गते वडा नं. ६ र ७ वडा, मंसिर २० गते वडा नं. ८ र ९ वडा, मंसिर २१ गते वडा नं. १० वडा, मंसिर २२ गते वडा नं. १ र ३ वडा र वडा नं. २ बासी र बागचौर ईलाका प्रशासन कार्यालय बाट नँया नागरिकता प्राप्त गर्ने बागचौर नगरबासी नागरिकहरूकाे लागि सेवा अवधिभर (१० दिन सम्म) सेवा लिनसक्ने पनि डि सी ले बताएका छन् ।

फाेटाे सहितकाे मतदाता नामावली सङ्कलनकाे लागि बागचौर नगरपालिकाको कृषि शाखा सँगै रहेकाे भवन बाट सेवा लिन सकिने जानकारी गराइएकाे छ ।

प्रतिक्रिया दिनुहोस