ब्राईट रोजल्यान्ड बोर्डिङ्ग स्कुल बागचौरमा मन्टेस्वरी कक्षा सञ्चालनमा

२०७८ मंसिर १०

शैक्षिक क्षेत्रमा याेगदान दिदै अाएकाे सल्यान बागचौरमा अबस्थित नगरपालिकाकै सबै भन्दा ठूलो सस्थागत बिध्यालय ब्राईटरोज ल्यान्ड बोर्डिङ्ग स्कुलले मन्टेस्वरी बिधिबाट शिक्षण गर्नको लागि मन्टेस्वरी कक्षाको सञ्चालन गरेको छ।

कार्यक्रमका प्रमुख अतिथी एबम अभिभाभ सघका अध्यक्ष कमल ओलि बाट Play Group को कक्षा उद्घाटन भयको हो

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एबम बिध्यालयका अभिभाक सघका अध्यक्ष कमल वलिले यो बिध्यालय यो नगर र क्षेत्रको ठूलो बिध्यालय भयको बताउदै अझै सुधार गर्न आग्रह गर्दै त्यसमा आफ्नो भरपुर सहयोग रहने समेत बताएका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै बिध्यालयका प्रीन्सिपल इन्द्र भन्डारीले निजि बिधालय सञ्चालन गर्न अाफुहरुलाई चुनाैति भएपनि त्यसलाई अवसरकाे रुपमा लिइ अावस्यकता अनुसारको शैक्षिक तथा भाैतिक पुर्वाधार तयार गर्दै जाने बताएका छन ।

साथै बिध्यालयले पहिलो त्रेमासिक परिक्षाको नतिजा समेत प्रकासीत गरेको छ। परिक्षामा उत्कृष्ट नतिजा ल्याउने सम्पुर्ण भाईबहिनिहरुलाई पुरस्कार बितरण तथा अबिर आबरन समेत गरियको थियो।

कर्यक्रममा बिध्यालयको सहायक प्रध्यानाध्यापक रिता न्यौपाने गौतम ,गुराँस अनलाईनका सञ्चालक झक्कु प्रसाद शर्मा लगायत अभिभावकहरुको सहभागिता रहेको थियो।

शुभकामना मन्तब्य राख्ने अतिथिहरुले सम्पुर्ण विद्यार्थी भाईबहिनिलाई हार्दिक बधाई ज्ञापन गर्दै उज्वल भबिस्यको कामना गरेका थिए। साथै बिध्यालयले मन्टेस्वरिको भर्ना खुल्ला गरिएको हुदा सम्पुर्ण अभिभाबक हरुलाई आफ्ना बालबालिकाहरुलाई बिध्यालयमा भर्ना गरि सेवा लिनुहुन समेत अनुरोध गरेको छ।

बिध्यालयका प्रीन्सिपल एबम सन्चालक इन्द्र भन्डारिको अध्यक्षतामा सम्पन्न भयको कार्यक्रमको संचालन बिध्यालयका संचालक एबम कोडिनेटर खिमराज डि.सि. गरेका थिए।

प्रतिक्रिया दिनुहोस