रामदेवकाे टिभी च्यानलबारे प्रचण्डकाे जवाफ: स्वीकृति दिने अधिकारी म हाेइन!

२०७८ मंसिर ५

५,मंसिर|भारतीय योग गुरु रामदेवका दुई च्यानल उद्घाटनका साक्षी बनेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो च्यानलको वैधताबारे अनविज्ञता दर्शाएका छन् । आस्था नेपाल र पतञ्जली च्यानलको अनुमति नै नलिइ उद्घाटन भएको तथ्य बाहिर आएपछि उनले आफुलाई थाहा भएकाे प्रतिक्रिया दिएका हुन्।

काठमाडौंस्थित पतञ्जली योगपीठको आश्रम मण्डिखाटारमा भएको टिभी उद्घाटन समारोहमा प्रचण्ड पनि साक्षी बसेका थिए । भरतपुर विमानस्थलमा शनिबार प्रचण्डले पत्रकारहरूसँग च्यानलकाे वैधताबारे भने, ‘मलाई थाहा भएन है ।’

सबै प्रक्रिया पूरा गरेर विधिसम्मत सुचारु गर्न लागेको आफुलाई भनिएको उनले सुनाए ।

यसको केही टेक्निकल समस्या भए मलाई थाहा छैन, तर उहाँहरूले विधिसम्मत नै छ भन्नुभएको थियो’, प्रचण्डले भने, ‘च्यानल स्वीकृति दिने म अधिकारी पनि होइन, मेरो पार्टी अन्तरगतकाे मन्त्रालय पनि होइन ।’

 

प्रतिक्रिया दिनुहोस