बागचौर नगरपालिकामा हाल सम्म कोरोना बिरुद्ध खोप लगाउनेको संख्या ११ हजार बढि

२६ कार्तिक २०७८, शुक्रवार


२६ कार्तिक|बागचौर नगरपालिकामा हाल सम्ममा ११ हजार १ सय ९० जनाले कोरोनाको खोप लगाएका छन्।

बागचौर नगरपालिकाका जनस्वास्थ्य अधिकृत हरि बहादुर कठायत का अनुसार नगरपालिका भित्र बसोबास गर्ने लक्षित उमेर तथा समूहका व्यक्तिहरू, विद्यार्थी,कर्मचारी,गाडी चालक लगायत वैदेशिक रोजगारीमा जानुपर्ने व्यक्तिहरूले कोरोना खोप लगाएका हुन।

जस अनुसार जोन्सन एण्ड जोन्सन तथा भेरोसेल खोप ६५ वर्ष भन्दा माथि उमेर समुहका २ हजार चारसय ३६ जनाले  लगाएका छन्। यस्तै ४५ वर्ष माथिको उमेर समूह अन्तर्गतका २हजार १५ जनाले खोप लगाएका हुन।

६५ वर्षभन्दा माथिको उमेर समूहका १ हजार ५ सय ४३ जनाले खोपको दोस्रो मात्र लगाएका छन् ।भने ५५ वर्ष माथिल्लो उमेर समुहका दोस्रो मात्रा लगाउनेको संख्या २ हजार ४ सय ३६ रहेको छ। विद्यार्थी तथा कर्मचारी गरी जम्मा २ हजार ६ सय ६० जनाले कोरोनाको खोपको मात्रा पूरा गरेका हुन ।

नगरपालिका भित्र अहिले पनि कोरोना विरुद्धको खोप लगाउने काम चलिरहेको जनस्वास्थ्य अधिकृत कठायतले बताउनु भयो। २०६८ को जनगणना अनुसार नगरपालिकाको कुल जनसंख्या ३६ हजार चार सय ३२ रहेको छ जसमा ३० प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाएका छन्।



प्रतिक्रिया दिनुहोस