सल्यान, १० असोज । सल्यानको लान्तीमा ट्रेक्टर र मोटरसाईकल एक […]
२५,कार्तिक| सरकारले पेट्रोलियम पदार्थको मुल्य बढाएको बिरोधमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
पार्टीका महासचिव विप्लवले एक वक्तव्य जारी गर्दै पेट्रोलियम पदार्थको मुल्य बढाएकोमा संघर्षका कार्यक्रम गर्दै कार्तिक ३० गते नेपाल बन्दको घोषणा गरेका हुन् ।
कार्तिक २५ गतेदेखि ३० गतेसम्म संघर्षका कार्यक्रम गर्ने वक्तव्यमा उल्लेख गरिएको छ ।
कार्तिक २५ गते दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन गर्ने, २६ गते साँझ मसाल जुलुस, २७ गते दिउँसो १ बजेदेखि २ बजेसम्म देशव्यापी प्रदर्शन, २८ गते बिहान १० देखि ११ बजेसम्म चक्काजाम, २९ गते सिट्टी जुलुस र कार्तिक ३० गते नेपाल बन्दको घोषणा गरिएको वक्तव्यमा उल्लेख गरिएको छ ।
यस्तै सरकारले पेट्रोलियम पदार्थको मुल्य बढाएको बिरोधमा बुटवल लगायत देशका बिभिन्न ठाउमा विद्यार्थी संगठनले चक्काजाम गरेका छन्।यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको थियो।
बुधबार रातिदेखि लागू हुनेगरी निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको छ। मूल्य वृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ पुगेको छ। त्यस्तै मट्टीतेल र डिजेलको मुल्य १ सय १९ रुपैयाँ प्रतिलिटर पुगेको छ।