सल्यान, २७ फागुन । सल्यानमा चौबन्दी चोली तथा डिजाइन कुर्ता […]
१०,कार्तिक|सल्यानका नौ वटै स्थानीय तहमा नेकपा एमालेले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको छ । जिल्लाका दश स्थानीय तहहरूमध्ये नौ वटा स्थानीय तहमा मंगलबार सम्पन्न अधिवेशनबाट सर्वसम्मत रूपमा पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरू चयन भएको एमाले सल्यानका अध्यक्ष गोविन्द पुनले जनाउनु भयो ।
जस अनुसार शारदा नगरपालिकामा मधुसूदन शर्मा अध्यक्ष, राम बहादुर भण्डारी उपाध्यक्ष, महेश देवकोटा सचिव तथा सुरेन्द्र बुढा र प्रह्लाद श्रेष्ठ उप– सचिव रहेको ७५ सदस्यीय कमिटी निर्माण भएको हो।
यस्तै बागचौर नगरपालिकामा घनश्याम शर्मा अध्यक्ष , उपेन्द्र वली उपाध्यक्ष, मोहन चन्द सचिव, भुपिन भण्डारी र शोभाराम भण्डारी उप– सचिव रहेको ७५ सदस्यीय कमिटी निर्माण भएको छ भने कपुरकोट गाउँपालिकामा द्रोण केसी अध्यक्ष, ललिता गिरी उपाध्यक्ष, रूपक बुढा सचिव तथा ईश्वर बुढा र रुपलाल बुढाथोकी सहसचिव रहेको ६१ सदस्यीय कमिटी निर्माण भएको छ ।
कालिमाटी गाउँपालिकामा केशर बुढा अध्यक्ष, वीर ब वली उपाध्यक्ष,वेल ब चन्द सचिव, सुमित्रा राना र मिलन वली उप– सचिव रहेको ७३ सदस्यीय कमिटी चयन भएको छ भने त्रिवेणी गाउँपालिकामा लोकेन्द्र खडका अध्यक्ष, शोभाराम डांगी उपाध्यक्ष, धनराज तुफान सचिव तथा मंगल रेउले र कुन्ता योगी उप– सचिव रहेको ६१ सदस्यीय कमिटी निर्माण भएको छ ।
छत्रेश्वरि गाँउपालिकामा ज्ञान बहादुर खडका अध्यक्ष, डुम बहादुर केसी उपाध्यक्ष, देवराज घर्ती सचिव, वसन्त वली उप– सचिव सहित ६७ सदस्यीय कमिटी र कुमार गाउँपालिकामा भैरव शाह अध्यक्ष, पम्फा खत्री उपाध्यक्ष, तारा बहादुर योगी सचिव, तेजविर कामी र सुरेश चन्द उप– सचिव रहेको ७० सदस्यीय कमिटी निर्माण भएको एमालेले जनाएको छ ।