सल्यानकाे बागचौर नगरपालिका बन्यो सहकारी संस्थालाई तालिम दिने पहिलो पालिका

२०७८, असाेज १९

१९ असाेज, सल्यान । बागचौर नगरपालिकाले आज बाट बागचाैर नगरपालिका भित्र दर्तामा रहेका सहकारी सस्थाका पदाधिकारि तथा व्यवस्थापक लाई सात दिने सहकारी लेखापालन तालिम सन्चालन गरेको छ ।

उक्त कार्यक्रमको उदघाट्न नगर प्रमुख लोकमान बुढाथोकीले गर्नुभएको थियो भने कार्यक्रममा नगरपालिकाका उपप्रमुख कल्पना पुन, नि. प्रमुख प्रशासकिय अधिकृत राम बहादुर हमाल, प्रशिक्षकहरु राजु केसि र ललित राज भण्डारी लगाएत नगरकार्यपालिकामा कार्यरत योजना शाखाका शाखा प्रमुख पुर्ण बहादुर ओलि , सामाजिक शाखा प्रमुख डिल्ली बहादुर घर्ती , सहकारी शाखा प्रमुख हेमन्त बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

उदघाट्न कार्यक्रममा बोल्दै नगरप्रमुख लोकमान बुढाथोकीले सहकारी क्षेत्रको विकासका लागि नगरको तर्फबाट गर्नुपर्ने काम निरन्तर रुपमा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । त्यस्तै नगरप्रमुख बुढाथोकीले सस्थालाई कुशल ढङ्गले सन्चालन गर्न तालिम उपयोगी हुने विश्वास व्यक्त गर्दै तालिमको सिकाईलाई व्यवहारमा लागू गर्नु पर्ने विचार राख्नु भएको थियो ।

डिल्ली बहादुर घर्तिले सन्चालन गर्नु भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य पुर्ण बहादुर ओलिले राख्नु भएको थियो । त्यस्तै नगरपालिकामा कार्यक्षेत्र भएका २९ वटा सहकारी सस्थाका पदाधिकारी र व्यवस्थापक तालिममा सहभागी भएको सहकारि शाखा प्रमुख हेमन्त बस्नेतले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस