सातै प्रदेशका बजार र यातायात अनुगमनका लागि गृहले अनुगमन समिति गठन

१८ असोज, २०७८

१८ असाेज। नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै गृह मन्त्रालयले अनुगमन समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिवहरूको नेतृत्व रहने गरी अनुगमन समिति गठन गरिएको हो ।
देशभरका बजारमा अनुगमन गर्न र सुरक्षा, आपूर्ति तथा बजार व्यवस्थापन, यातायात व्यवस्थापनलगायतका सेवालाई सुलभ र गुणस्तरीय बनाउन वाणिज्य वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट अधिकार प्रत्यायोजन भई सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको टोलीले बजार अनुगमन जारी राखेको पनि गृहले जनाएको छ ।

‘चाडपर्वको समयमा अनुगमनलाई थप प्रभावकारी बनाई आपूर्ति, सुरक्षा र याताायतलगायत सेवालाई सुलभ र गुणस्तरीय बनाउने उद्देश्यले सातवर्ट प्रदेशमा अनुगमन गरी उल्लिखित विषयमा तत्काल देखिएका समस्याहरू समाधानका लागि सहजीकरण गर्न, अन्तरनिकाय समन्वय गर्न, गराउन प्रदेशगत अनुगमन टोली गठन गरेको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ,’ गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

संविधानले व्यवस्था गरेको उपभोक्ताको हक सुनिश्चित गर्न पनि मन्त्रालयले सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस